उर्लाबारी, भदौ २२ तस्वीरः कुमार खड्का रासस । मोरङको उर्लाबारी नगरपालिकाको शान्ति सुरक्षालाई मध्यनजर गर्दै आज बुधवार पालिका स्तरीय समिती गठन भएको छ ।
नेपाल प्रहरीले सुरू गरेको ‘समुदाय-प्रहरी साझेदारी’ अवधारणालाई कार्यान्वयन गर्न उर्लाबारीमा ईलाका प्रहरी कार्यालय उर्लाबारीको पहलमा १५ सदस्यीय पालिका स्तरीय समिती गठन भएको हो ।
शान्ति सुरक्षालाई चुस्त बनाउन र सामाजिक विकृतिलाई हटाउनका लागि प्रहरी र स्थानीयबीचको सम्बन्ध, समन्वय जरूरी रहेको कारण समिती गठन गरिएको उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेलले बताउनु भयो ।
समाजमा हुने घरेलु हिंसा, बालविवाह, बहुविवाह, यौन हिंसाजस्ता विषयमा सचेतनामूलक कार्यक्रम नियमित रुपमा हुनुपर्नेमा पनि मेयर खरेलले जोड दिनुभएको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरर्गत वडास्तरीय समितिहरु यसअघि नै गठन भइसकेको र चाडै टोल समिति गठन गरिने उर्लाबारी प्रहरीका बरिष्ठ नायब निरीक्षक डेगेन्द्र कार्कीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय