उर्लाबारी । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एबं मोरङ क्षेत्र नं. १ (क) का सांसद कुलप्रसाद साम्बा लिम्बू (कुशल) ले मंसिर ४ को निर्वाचनमा जनाताले आफुलाई मत हाल्ने बताएका छन् ।
२०७४ को निर्वाचन ताका आफुले गरेका सवै वाचापुरा गरेको बताउदै लिम्वुले ५ वर्ष जनताको सेवक भएर काम गरेको र अव युवा मुखी नया कार्यक्रमको खाका तयार पारेर चुनावी मैदानमा उत्रने तयारी रहेका कारण पनि यस पटकको निर्वाचनमा जनताले मलाई भोट दिने कुरामा विश्वस्त रहेको बताए ।
उसो त मोरङ क्षेत्र न १ मा कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमोर्चाबीच गठबन्धन हुँदा यो क्षेत्र माओवादीको भागमा पर्ने निश्चित जस्तै बनिरहेका बेला सांसद कुशलले दिएको यो अभिव्यक्तीलाई महत्वका साथ हेरिएको छ ।
यो क्षेत्रमा माओवादीले लोकप्रिय युवा नेता साम्बालाई पुनः दोस्रो कार्यकालको लागि उम्मेद्वार बनाउँदैछ । विकासप्रेमी नेताको छबी बनाएका साम्बाले प्रदेश सांसद हुँदा मन्त्रीको भन्दा बढी बजेट क्षेत्रको विकासमा ल्याउन सफल बनेको समेत कार्यबर्ताको भनाई छ ।
माओवादीले आधिकारिक रुपमा उम्मेद्वार घोषणा नगरेपनि सांसद साम्बाले भेटघाट तथा योजनाको अनुगमन गरिरहनुभएको छ । भेटघाटमा अधिकांशले पुनः एक पटक उम्मेद्वार बन्न सल्लाह दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय