
नेपाली कांग्रेस मोरङ क्षेत्र १ ‘क’ को आयोजनामा सम्पन्न कार्यक्रममा ‘जनताको साथमा कांग्रेस अभियान’ ले बोकेका रणनैतिक योजना र अभियानको औचित्यको बारेमा व्यख्या गरिएको थियो ।
नेपाली कांग्रेसको केन्द्रिय समितीको आव्हानमा देशव्यापी रुपमा संचालन भैरहेको कार्यक्रम अन्र्तगत उर्लाबारीमा पनि यो कार्यक्रम संचालन गरिएको हो ।
कार्यक्रममा नेपाली कांग्रेसले ‘जनताको साथमा कांग्रेस अभियान’ चलाउनुको उद्देश्यका बारेमा प्रदेश सदस्य राजकुमार बराईलीले व्याख्या गर्दै अन्याय, अत्याचार र उत्पीडनमा परेका नेपालीहरुको गुनासोलाई सुन्ने र उनिहरुले भोगेका समस्याहलाई आगमी मंसिर-४ को निर्वाचनमा नेपाली कांग्रेसले समेटेर रणनैतिक योजनका साथ दिर्घकालिन हल निकाल्ने गरीको कार्यक्रम तय गरेको बताए ।
उर्लाबारी ७ स्थित उर्लाबारी पार्टी प्यालेसमा आयोजित कार्यक्रमका प्रमुख अथिती प्रदेश १ का सहमहामन्त्री खड्ग फागोले कांग्रेसलाई जनताले २००७ साल देखी नै साथ दिदै आएको बताउदै आमगी मंसिर-४ को निर्वाचनमा पनि उनिहरुले रुख चिन्हमा भोट दिएर समृद्ध नेपालको सुनौलो यात्रामा सारथी बन्नेमा आफु विश्वस्त रहेको बताए ।
साथै उनले कांग्रेसलाई जनताले मत दिएर सधै जिताए पनि कांग्रेसलाई हराउन कांग्रेस हुँ भन्ने हरुनै लाग्ने गरेका कारण त्यो परिपाटीलाई अव सवैले त्यागेर अघि बढ्नु पर्ने बताए ।




मोरङ क्षेत्र १ ‘क’ का सभापति नरबहादुर मोक्तानको सभापतित्वमा आयोजित कार्यक्रममा नेपाली काग्रेसका स्थानिय नेता मोरङ जिल्ला सदस्य वीरवल थापा, नेत्रकुमारी भट्टराई, महाधिवेसन प्रतिनिधी सिता कार्की, नगर सभापति सुरेन्द्र लिम्वु, वडा नम्वर ३ का सभापति रोहीत कार्की लगाएतले सम्वोधन गरेका थिए ।