उर्लाबारी । मोरङको उर्लाबारीमा आज विहिबार ‘जनताको साथमा कांग्रेस अभियान’ अभियान अन्र्तगतको कार्यक्रम सम्पन्न् भएको छ ।
नेपाली कांग्रेस मोरङ क्षेत्र १ ‘क’ को आयोजनामा सम्पन्न कार्यक्रममा ‘जनताको साथमा कांग्रेस अभियान’ ले बोकेका रणनैतिक योजना र अभियानको औचित्यको बारेमा व्यख्या गरिएको थियो ।
नेपाली कांग्रेसको केन्द्रिय समितीको आव्हानमा देशव्यापी रुपमा संचालन भैरहेको कार्यक्रम अन्र्तगत उर्लाबारीमा पनि यो कार्यक्रम संचालन गरिएको हो ।


कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अथिती प्रदेश १ का सहमहामन्त्री खड्ग फागोले- मंसिर ४ को निर्वाचन समृद्ध नेपालको सुनौलो यात्रा तय गर्ने रोडम्याप भएका कारण रुख चिन्हमा मतदान गरेर समृद्धीको यात्रामा लाग्न सवैलाई आग्रह गरेका छन् ।
सुखी नेपाली समृद्ध नेपालको भाषण गरेर २०७४ को निर्वाचनमा जनतालाई झुक्याएकाहरु लाई मंसिर-४ को निर्वाचनमा जनताले राम्रो सग चिन्नुपर्ने धारणा राख्दै मन्त्री फागोले ‘जनताको साथमा कांग्रेस अभियान’ ले ति भ्रमहरुलाई जनस्तर सम्म पुगेर चिर्नु पर्ने बताए ।
साथै उनले राष्ट्र, राष्ट्रियता र लोकतन्त्रको रक्षाका लागि नेपाली कांग्रेसले गठबन्धन गरेको र गठबन्धनका उम्मेदवारलाई काखापाखा नगरी लोकन्त्रको रक्षाका लागि मतदान गर्न समेत आग्रह गरे ।
एक फरक प्रसङमा मन्त्री फागोले कांग्रेसलाई जनताले २००७ साल देखी नै साथ दिदै आएको भएता पनि कांग्रेसलाई हराउन कांग्रेस हुँ भन्ने हरुनै लाग्ने गरेका कारण त्यो परिपाटीलाई अव सवैले त्यागेर अघि बढ्नु पर्ने बताए ।


मोरङ क्षेत्र १ ‘क’ का सभापति नरबहादुर मोक्तानको सभापतित्वमा आयोजित कार्यक्रममा नेपाली काग्रेसका प्रदेश सदस्या राजकुमार बराइली, मोरङ जिल्ला सदस्य वीरवल थापा, नेत्रकुमारी भट्टराई, महाधिवेसन प्रतिनिधी सिता कार्की, नगर सभापति सुरेन्द्र लिम्वु, वडा नम्वर ३ का सभापति रोहीत कार्की लगाएतले सम्वोधन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय