उर्लाबारी । मोरङको उर्लाबारीमा रहेको ट्राफिक प्रहरी एक्सनमा उत्रिएको छ । विगत लामो सयम देखी उर्लाबारीको विभिन्न ठाउमा जथाभावी यात्रु चढाउने र ओराल्ने यात्रुबसहरुको कारण उर्लाबारीको ट्राफिक व्यवस्थापन अस्तव्यत बनेको थियो । जस्का कारण दुर्घटनाको उच्च जोखीम रहेको समाचार पुर्वी पे्रस अनलाईन मार्फत प्रकाशन भएपछि उर्लाबारी ट्राफिक एक्सनमा उत्रिएको हो ।
समाचार प्रकाशन भए पछि फिल्डमा उत्रिएको प्रहरीले एकै दिन १० वटा गाडीलाई कार्वाही गरेको ट्राफिक प्रहरी कार्यालय उर्लाबारीका प्रमुख निलमणी पोखरेलले बताए । पोखरेलले भने-‘जनशक्ति अभावका कारण हामीले अप्रेसन चलाउन सकेका थिएनौ आज बाट हामीलाई नगरपालिकाले ३ जना सहयोगी दिएको छ अव हामी निरन्तर कार्वाहीको प्रक्रिया अगाडी बढाउछौँ’।
प्रहरीले आज आइतवार विहान र दिउसो गरेर उर्लाबारीमा जथाभावी जथाभावी यात्रु चढाउने र ओराल्ने यात्रुवस, जथाभावि पार्किङ गर्ने सिटी सफारी, अटो रिक्सा, टयाक्सी लगाएतलाई कार्वाही गरेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय