मोरङ । नेपालमा साउनदेखि यता डेंगु रोग बाट २९ जनाको मृत्यु भएको छ । यस्तै नेपालका ७६ वटा जिल्लामा फैलिएको यो रोग करिब २३ हजार अर्थात् २२ हजार ९८८ जनालाई लागिसकेको जनाइएको छ ।
डेंगुले भयावह रूप लिइसक्दा पनि सरकारले यसको रोकथाम तथा न्यूनीकरणका लाथि अझै तदारुकता देखाएको छैन । यसअघि बेवास्ता गर्दा गर्दै फैलिएको कोरोना सङ्क्रमणका कारण हालसम्म १२ हजार १७ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालय अन्तर्गत यही असोज १०/१२ गते कीट आउने जानकारी आएको र आएपछि थप कीट वितरण गरिने कार्यालयले जनाएको छ । यता, जिल्लाका सबै पालिकाले लार्भा नष्ट गर्ने अभियान भने सञ्चालन गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय