
उर्लाबारी । चाडपर्व नजिकिए सगै मोरङको उर्लाबारी नगरपालिकाले बजार सरसफाई अभियान संचालन गरेको छ ।
सरसफाई अभियान अन्र्तगन बुधबार उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेल सहित नेपाल प्रहरी शशस्त्र प्रहरी हातमा झाडु बोकेर नगर सरसफाईमा जुटेका हुन् ।
उर्लाबारीलाई सफा र स्वच्छ राख्ने नगरपालिकाको योजना अन्र्तगन बुधबार विहान नगरपालिकाको आव्हानमा उर्लाबारी नगरपालिकाका जनप्रतिनिधी, नेपाल प्रहरी, शशस्त्र प्रहरी र स्थानियहरु नगरको मुख्य चौक सरसफाई गर्न जुटेको उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेलले बताए ।
आफ्नो पालिका आफै सफा र स्वच्छ राख्नु पर्छ सन्देश सवै तिर पुर्याउने लक्ष्यका साथ सरसफाई अभियान संचालन गर्ने नगरपालिकाको मासिक कार्यक्रम अन्र्तगत अभियानलाई अगाडी बढाइएको नगरपालिकाले जनाएको छ ।
उर्लाबारीलाई हराभरा र सुन्दर बनाउने अभियानमा नगरपालिका अग्रसर भएर आएपछि नेपाल प्रहरी पनि आफ्नो सामुदायिक दायित्व ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम अन्र्ततग सहभागी भएर सहयोगीका रुपमा परिचालित भएको उर्लाबारी इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक मिलनजंग थापाले बताए ।




सरसफाई अभियानमा सशस्त्र प्रहरी बल उर्लाबारी वेस क्याम्प, इलाका प्रहरी कार्यालय उर्लाबारी, नगरपालिकाका कर्मचारी, नगर प्रहरी लगाएत अन्य सघसस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।
सरसफाई अभियानकै क्रममा विभिन्न स्थानमा विरुवासहितका गमलाले बजार क्षेत्र सजावट समेत गरिएको छ । नगरलाई सरसफाईमा नमुना वनाउन सरसफाईका योजनाहरु अघि सारिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए।