उर्लाबारी । चाडपर्व नजिकिए सगै यतिवेला मोरङको उर्लाबारी नगरपालिकाले पालिकाको मुख्य चौकहरु सरसफाई गर्ने अभियान सुरुवात गरेको छ ।
जस अन्र्तत आज शुक्रबार उर्लाबारी-३ को मंगलबारे चौकमा सरसफाई अभियान संचालन गरिएको छ । सरसफाईमा पालिकाका मेयर उप-मेयर लगाएत वडाका जनप्रतिनिधी, नेपाल प्रहरी, शशस्त्र प्रहरी र स्थानियहरु अभियानमा सहभागि भएका थिए ।
आफ्नो ठाउ आफै स्वच्छ राखौ भन्ने जनचेतना आम नागरिक स्तर सम्म पुर्‍याउनका लागि नगरपालिकाले चेतना फैलाउने उद्देश्य स्वरुप सरसफाई अभियान संचालन गरेको मेयर गंगाप्रसाद खरेलले बताए ।
यस अघि नगरपालिकाले उर्लाबारी चौक, दुर्गापुरी बजार लगाएतका स्थानहरुमा सरसफाई अभियान संचालन गरेको थियो । वडाले चाडै वजार तथा फोहोर व्यस्थापन समिती वनाएर यसको दिर्घकालिन समाधान गर्ने छ ।
बजार क्षेत्रलाई सफा राखौ आफ्नो पसल अगाडीको फाहोर आफै व्यावस्थापन गरौ भन्ने सन्देश दिन पनि कार्यक्रम आयोजना गरिएको बुढाथोकीले बताए । साथै उनले चाडै वडा स्तरिय फोहर व्यावस्थापन समिती गठन गरेर मंगलबारेको फोहोरलाई दिर्घकालिन रुपमा व्यवस्थीत गर्ने योजना रहेको समेत बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय