
उर्लाबारी । आगामी मंसिर-४ को प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनका लागि आज निर्वाचन तालिका अनुसार मनोनयन दर्ता भै रहेको छ ।
सोही क्रममा मोरङमा पनि मुख्य गरी सत्तारुढदल र नेकपा एमालेका उम्मेदवारहरुले आ-आफ्नो निर्वाचन क्षेत्रमा धमाधम उम्मेदवारी दर्ता गराइरहेका छन् ।
सत्तारुढ दलका तर्फबाट मोरङ क्षेत्र नम्वर १ मा प्रतिनिधी सभाका लागि नेपाली काग्रेस मोरङ जिल्ला सभापति डिगबहादुर लिम्वुले उम्मेदवारी दर्ता गराएका छन् भने प्रदेश सभाका लागि नेकपा माओवादी केन्द्र र नेपाल कम्न्युष्ट पार्टी एकिकृत समाजवादीका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।
सत्तारुढ गठबन्धनमा रहेका दल मध्ये मोरङ क्षेत्र नम्वर-१ मा कांग्रेस, माओवादी र समाजवादीका उम्मेदवार रहेका छन् । माओवादीका तर्फबाट प्रदेश १ का निर्वातमान सासद कुलप्रसाद सम्वाले मोरङ क्षेत्र नम्वर १ (क) बाट उम्मेदवारी दर्ता गराएका छन् भने एकिकृत समाजवादीका नेता एवम बर्तमान प्रदेश १ सरकारका संचार तथा सुचना एवम यातायात व्यावस्था मन्त्री उपेन्द्र प्रसाद घिमीरेले उर्लाबारी स्थित नगरपालिका परिसरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रदेशसभा प्रतक्ष्यतर्फको उम्मेदवारी दर्ता गराएका छन् ।



