काठमाडौ । आउँदो मङ्सिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि देशभर साढे पाँच हजार जनाको उम्मेदवारी दर्ता भएको छ ।
प्रतिनिधिसभातर्फ दुई हजार चार सय ५२ जना र प्रदेशसभाका लागि तीन हजार तीन सय २६ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगको विवरण छ ।
आयोगका अनुसार प्रतिनिधिसभामा दुई हजार दुई सय २३ पुरुष र दुई सय २९ महिलाले मनोनयनपत्र दर्ता गराएका छन् । प्रदेशसभामा तीन हजार ३९ पुरुष, दुई सय ८६ महिला र एक जना अन्यले उम्मेदवारी दिएका छन् ।
आयोगले हिजो (आइतबार) विज्ञप्ति जारी गरी पहिलो हुने निर्वाचित हुने प्रणालीका उम्मेदवारको मनोनयनपत्र दर्ताबारे जानकारी दिएको हो । आयोगले जारी गरेको कार्यतालिकाअनुसार बिहान १० देखि साँझ ५ बजेसम्मलाई मनोनयनपत्रको मिति राखिएको थियो ।
ADVERTISEMENT