उर्लाबारी । पछिल्लो समय एमालेमा ओली प्रवृतिको विरोध गर्दै आएका नेकपा एमालेका प्रदेश स्तर, जिल्ला स्तर र पालिका स्तरका नेताहरुले पार्टी भकाभक छाड्न थालेका छन् ।
पटक-पटक ससद विघठन गरेर विवादित बनेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई मनोपोली शैलीम चलाउन खोजेको र मंसिर ४ को निर्वाचनमा पार्टीमा लामो सयम देखी योगदान गरेका हरुलाई पाखा लगाउदै आफ्ना निकटका व्यक्तिहरुलाई टिकट वितरण गरेको भन्दै यतिवेला एमालेका नेताहरुले मोरङमा धमाधम पार्टी परित्याग गरेको घोषणा गर्दै आएका छन् ।
सोही क्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य डिल्लीराम अधिकारीले पनि पार्टी परित्याग गरी मोरङ-१ मा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
मोरंगको क्षेत्र नं १ (ख) मा प्रदेशको टिकट वितरणमा पक्षपात गरेको जनाउदै एमालेबाट विद्रोह गरी राजिनामा दिएका नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य डल्लिीराम शर्मा अधिकारीले स्वतन्त्रबाट उमेद्धारी दिएका छन् ।
आफ्ना समर्थक र शुभेच्छुक सहित निर्वाचन आयोगमा उनले हिजो आइतबार उम्मेदवारी दर्ता गराएका हुन् उनले मोरंगको १ को प्रदेश सभा (ख) बाट उम्मेदवारी दर्ता गरएका हुन् ।
अधिकारीले पार्टीका केही व्याक्तिको स्वार्थका कारण टिकट पूर्वाग्रही ढङ्गले वितरण गरिएको प्रति घोर आपत्ती उनले नेकपा एमाले परित्याग गरी स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
अधिकारी नेकपा एमाले केराबारी गाउँपालकिा वडा नं-२ का वडाध्यक्ष देवीलाल लिम्वु सहित कमिटीमा आवद्ध १९ जनाले सामुहिक राजिनामा दिएका हुन् ।
यस्तै एमालेका अर्का नेता एवम प्रदेश कमिटी सदस्य राजेन्द्र पौडेलले पनि पार्टी परित्याग गरेको घोषणा गर्दै स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
मोरङको उर्लाबारी घर भएका नेता एमालेमा प्रभावशाली नेताका रुपमा चिनिन्छन् । पार्टीबाट अपमानित भएको भन्दै नेता पौडेलले राजिनामा दिएर प्रतिनिधी सभा मा मोरङ एक बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय