मंगलबारे, पंकज कास्यप । विशेष गरि तराईका मुलवासीहरुले मनाउदै आएको छठपर्व पछिल्लो समय तराईमा बसोवास गर्ने सवै समुदायले मनाउन थालेपछि देशै भरी यस पर्वको रौनकता छाउन थालेको छ ।
सोही क्रममा मोरङको उर्लाबारी नगरपालिका स्थित वडा नम्वर २ र ३ मा पर्ने मंगलबारेमा पनि छठ पुजाको तयारी सुरु भएको छ ।
छठ पुजाको लागि उर्लाबारी-३ मंगलबारेको सोल्टी खोला किनारमा मंगलबारेमा बसोवास गर्ने धर्मअनुरागीहरुका लागि २९ वटा पुजा स्थलको निर्माण गरि सुर्यनाराएणको पुजा आरधनाका लागि तयारी भैरहेकोे मैथिली समाजसेवा उप-समितीका सचिव सुजित सिह राजपुतले बताए ।
पुजा आयोजना समपन्न् गर्नका लागि १ लाख ५० हजार रुपैयाको लागत अनुमान गरिएको बताउदै उप-समितका सचिव राजपुतले वडा कार्यालयले ५० हजार रुपैया र अन्य खर्च २९ वटा पुजा स्थलबाट प्रतिस्थल २ हजार १ सयका दरले आर्थिक सहयोग संकलन गरी पुजा समपन्न गर्ने योजना रहेको बताए ।
छठपर्वका ४ दिन मध्येको पहिलो दिन शुक्रबार नुहायखाय बिधि गरिन्छ । नुहाय खाय भन्नले नुहाएर आहार गर्ने विधि हो । यस बिधिमा चतुर्दशी तिथिका दिन ब्रतालुहरुले नुहाइ धुवाइ गरि चोखो भइ प्याज र लसुन समेत नमिसाइ सुद्ध शाकाहारी भोजन ग्रहण गर्दछन ।
त्यस्तै कार्तिक शुक्लपक्षकाको पञ्चमि तिथी अर्थान छठको दोस्रो दिन खरना बिधि गरिन्छ । खर्नाको दिन व्रतालु महिला र पुरषले दिनभर उपबास बसि साँझ दुध, चामल र सख्खर हालेर पकाइएको खिर, केरा लगायत बिभिन्न फलफुल तथा मिठाइ सजाएर छठ देवतालाइ आगमनको निम्तो दिएर कुल देवताको पुजा गरिसकेपछि व्रतालु तथा घरका सबै सदस्यले सोहि सामाग्री प्रसादको रुपमा ग्रहण गर्दछन ।
त्यस्तै तेस्रो दिन अर्थात षष्टी तिथीमा अस्ताउँदो सुर्यलाइ तथा सप्तमि तिथीमा उदाउँदो सुर्यलाइ अर्ग दिइ बिधिवत रुपमा छठ पर्वको समापन हुन्छ ।
कार्तिक शुक्ल पक्क्षको-४ दिन सम्म मनाइने छठपर्वले उर्लाबारीको मावा खोला किनार, मंगलबारेको सोल्टी खोला किनार, तेली सोल्टी दोभान र दुर्गापुरीमा समेत यतिबेला भिन्न रौनक छाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय