उर्लाबारी कार्तिक १४। मोरङको उर्लाबारी नगरपालिका-७ स्थित मावा खोलामा आयोजित छठ पर्व हेर्न आएका एक १४ वर्षीय किशोरको गएराती छुरा प्रहार बाट हत्या भएको थियो ।
पुरानो रिसीबीका कारण झापाको दमक नगरपालिका-१० आमबाडी बस्ने १४ वर्षका बालक दियुस श्रेष्ठको हत्यामा समलग्न आठै जनालाई ईलाका प्रहरी कार्यालय उर्लाबारी र जिल्ला प्रहरी कार्यायल मोरङको टोलीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा उर्लाबारी नगरपालिका-६ चन्द्रमा चौक बस्ने सरोज बस्नेत, सोही वडाको वानडाँडा सन्देश खवास, विकास तामाङ, पानी ट्याङकी बस्ने मन्जिल माझी, तरुण चौक सपन खत्री, प्रतिक बराइली, सरोज परियार र सनिस याक्खा पक्राउ परेको ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरिक्षक मिलनजंग थापाले बताउनु भयो ।
थापाका अनुसार हात्यामा समलग्न सनिस भागेर धनकुटा पुगेको अवस्थामा उनलाई धनकुटा प्रहरीको सहयोगमा पक्राउ गरीएको बताए । उनी कामको सिलसिलामा उर्लाबारीमा बस्दै आएको खुलेको प्रहरीले जनाएको छ ।
आइतबार राती अन्दाजी १०ः३० बजेको समयमा छठपर्वको रात्रिकालिन रमझम हेर्न गएका श्रेष्ठ र हत्यामा समलग्न किशोरहरुको समुह विच जम्काभेट हुदा उनिमाथी पुरानो रिसीवी साध्न उनिहरुले छुरा प्रहार गरी गम्भिर घाईते बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
छुरा प्रहारबाट गम्भिर घाईते भई लडिरहेका श्रेष्ठलाई उनका अर्का साथी र स्थानीयको सहयोगमा उद्धार गरी उपचारका लागि उर्लाबारी स्थित गोदावरी अस्पतालमा भर्ना गरिएको थियो । तर त्यहा उपचार सम्भव नभएपछी थप उपचारका लागि उनलाई झापाको विएण्सी अस्पतालमा भर्ना गरीएको थियो ।
उपचारकै क्रममा श्रेष्ठको सोमबार विहान करिव ४ः५० बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएस्पी दिपक श्रेष्ठले बताए ।
घटनामा संलग्न निम्न ८ जना मध्ये ५ जनालाई ईलाका प्रहरी कार्यालय उर्लाबारी र जिल्ला प्रहरी कार्यालयको टोलीले दिउसै पक्राउ गरेको थियो भने थप २ जनालाई साझ र एक जनालाई धनकुटाबाट पक्राउ गरीएको ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक थापाले बताउनु भयो ।
हत्यामा समलग्न ८ जनाको समुहलाई प्रहरीले घटना घटेको १२ घण्टा वित्न नपाउदै हत्यामा समलग्न भएको चक्कु सहित पक्राउ गरी थप अनुसन्धान कार्य अगाडी बढाएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय