उर्लाबारी। मोरङको उर्लाबारीमा मंसिर १६ गतेदेखी प्रथम उर्लाबारी भेट्रान फुटवल प्रतियोगिता हुने भएको छ । आयोजक उर्लाबारी भेट्रान क्लबले आज पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी दिएको हो ।
आयोजक क्लबका अध्यक्ष दिपक पोमु लिम्बुका अनुसार प्रतियोगितामा प्रदेश १ का १२ वटा टिमको सहभागिता रहनेछ । उर्लाबारी नगरपालिकाको आर्थिक सहयोगमा हुने प्रतियोगिताको उपाधि विजेताले रु ५१ हजार र उपविजेताले रु ३१ हजारसहित ट्रफि प्राप्त गर्नेछ । मंसिर २७ गतेसम्म हुने प्रतियोगिताको लागि रु ९ लाख ५० हजार खर्च लाग्ने आयोजकले अनुमान गरेको छ ।
प्रतियोगितामा झापा, मोरङ र सुनसरीका क्लवहरु समावेश हुने भएका छन् । जसमा झापाका ३ टिम शिवसताक्षी भेट्रान क्लव, देधे भेट्रान क्लव र दमक लखनपुर भेट्रान क्वलको सहभागिता रहने छ भने मोरङका ६ वटा टिमको सहभागिता रहेने भएको छ ।
जसमा उर्लाबारी, मिल्स मेघा विराटनगर, युनाइटेड विराटनगर, राजघाट उर्लाबारी र एभरेष्ट भेट्रान उर्लाबारीको सहभागिता रहने भएको ।
यस्तै सुनसरीको तर्फबाट राईजिङग किङ क्लव, हाम्रो भेट्रान धरान र हाम्रो भेट्रान ईटहरीको सहभागिता रहने आयोजकले जनाएको छ ।
कार्यक्रममा उर्लाबारी नगरपालिका वडा नं. ३ का अध्यक्ष भिष्म बुढाथोकी र जिल्ला फुटवल संघ मोरङका अध्यक्ष संजिव बुढाथोकीले शूभकामना दिनुभएको थियो ।
ADVERTISEMENT