उर्लाबारी । मोरङको उर्लाबारीमा रहेका बिध्यालयहरुको पालिका स्तरिय पुरुष भलिबल  प्रतियोगिता र महिला भलिवल प्रतियोगिता मालक्ष्मी मावि र राधिका माबि बिजयि भएका छ्न ।

उर्लाबरि–२ मा रहेको  सुनपकुवा माविको ६६ औ वार्षीक उत्सव तथा स्वर्णउत्सवको अवसरमा आयोजित प्रतियोगितामा २ वटाबिध्यालयले उपाधि जित्न सफल भएका हुन ।

यस्तै सोहि अबसरमा २ दिन सम्म भएको प्रतियोगितामा पहिलो दिन बिहीबार हाजिरी जवाफ तथा भलिबल भएको थियो भने शुक्रबार  भलिबलको फाइनल खेल तथा नृत्य भएको थियो ।

बिहीबार सम्पन्न हाजिरी जवाफमा शान्ति आधारभूत विद्यालयले राधिका मावि उर्लाबारी र सुनझोडा मावि उर्लाबारी २ लाई पछि पार्दैप्रथम हुन सफल भयो  भने राधिका मावि उर्लाबारी दोस्रो भए ।

यसै गरि शुक्रबार  सम्पन्न भलिबल प्रतियोगिताको फाइनल खेलको उपाधि पुरुष तर्फको उपाधि लक्ष्मी मावि उर्लाबारी र महिला तर्फकोउपाधि राधिका माविले  जिते पुरुष तर्फको फाइनलमा लक्ष्मी माविले  राधिका मावि लाई हरायो भने महिला तर्फको उपाधिका लागि  राधिका माविले हराउँदै सार्वजनिक माविलाई पराजित गर्दै उपाधि जितेको हो ।

यस्तै शुक्रबार  नै भएको कक्षा १ देखि ५ सम्मको नृत्य प्रतियोगितामा सुनपकुवाले अन्य विद्यालयलाई पछि पार्दै प्रथम भएको छ भनेसोहि प्रतियोगितामा सृजना मावि दोस्रो र राधिका मावि तेस्रो  बन्दा भानु मावि चौथो बन्यो । प्रतियोगिताको विजेता तथा उपविजेतालाईमेडल,ट्रफि,प्रमाणपत्र प्रदान गरेर पुरस्कृत गरिएको थियो ।सुनपकुवा माविले आफ्नो ६६ औ वार्षीक उत्सव तथा स्वर्णउत्सवको अवसरपारे प्रतियोगिताको आयोजना गरेको थियो ।

कार्यक्रम सन्चलनका लागि उर्लाबारी नगरपालिकाको मुख्य सहयोग रहेको बिध्यालयले जनाएको छ बिध्यालयले यहि मङ्सिर २४/२५ र२६ गते आफ्नो ६६ औ वार्षीक उत्सव तथा स्वर्ण उत्सव भव्य रुपमा मनाउदै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय