उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकामा रहेको सो क्षेत्रकै पुरानो शैक्षिक धरोहरका रुपमा रहेको सुनपकुवा माध्यमिक विध्यालयलले आफ्नो स्थापना दिवसको ६५ औ वर्ष पुरा गरेको अवसरमा स्वणर् महत्सव मनाएको छ ।
२०१४ सालमा स्थानियहरुको चन्दा संकलनबाट स्थापना भएको विध्यालयले ६५ औ वर्ष पुरा गरी ६६ औ वर्ष प्रवेश गरेको अवसरमा स्वणर् महत्सव तथा ६६ औ वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्न उर्लाबारी मगरबारे पुग्नु भएका प्रदेश- १ प्रमुख पर्शुराम खापुङ्ले कार्यक्रमको उद्घाटन गर्दै शिक्षा समग्रह विकाशको पहिलो शर्त भएको बताउनु भएको हो ।
कार्यक्रमलाई सम्वोधन गर्दै खापुङले भन्नु भयो-‘शिक्षा समाजको विकासको निम्त्ती पहिलो शर्त अर्थात पहिलो जग हो।’ त्यसैले समय अनुकुल सामुदायिक विध्यालयको शैक्षिक स्तर उकास्न र सामुदायिक विध्यालयप्रति विध्यार्थी र अभिभावको आर्कषण बढाउन् सामुदायि विध्यालयको शैक्षिक प्रणालीलाई पाठ्यक्रममा मात्रै शिमित नभएर प्रविधीमैत्री शैक्षिक प्रणालीका रुपमा विकाश गर्दै लान आवश्यक रहेको बताउनु भयो ।
साथै सामुदायिक विध्यालयमा निम्न आर्थिक अवस्था र मध्यम आर्थिक अवस्था भएका अभिभावकका छोराछोरी पढ्ने भएका कारण सामुदायिक विध्यालयको शैक्षिक प्रणालीलाई आवश्यताका अधारमा परिवर्तन गर्दै उत्पादन मुखी, सर्वशुलभ र प्रविधीमैत्री शैक्षिक प्रणालीलाई अपनाएर गरिव भन्दा गरिवका छोराछोरीलाई पनि सम्पन्न वर्गका छोराछोरी सरह शिक्षामा सवैको सहज पहुच पुर्याउन संघ, प्रदेश र स्थानिय तहका सरकारले काम गर्नु पर्ने औल्याउनु भयो ।
हाल सो विध्यालयमा कक्षा १ देखी कक्षा १२ सम्म गरेर १ हजार ३ सय ३९ जना विध्यार्थीहरु अध्ययनरत रहेका छन् । कार्यक्रम मंसिर २४, २५ र २६ गते ३ दिन सम्म संचालन हुने विध्यालयले जनाएको छ ।