झापा ।हात्तीको आक्रमणबाट दक्षिणी झापाको कचनकबल गाउँपालिकामा मंगलबार एकजनाको मृत्यु भएको छ । स्थानीय देउरालीचारकोसे सामुदायिक वनमा बाह्रदशी गाउँपालिकाका ३७ वर्षीय जगतबहादुर भुजेलकाे मृत्यु भएको हो ।

अपरान्ह निस्किएको हात्तीले आक्रमण गर्न थालेपछि अरु दुई जनाले भागेर ज्यान जोगाएको प्रहरी स्राेतले जनाएको छ । भुजेल आफ्नासाथीहरुसहित घाँस दाउरा गर्न उक्त जंगलमा पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय