काठमाडौं । मोरङ क्षेत्र नम्वर-३ बाट सासद बनेर प्रतिनिधीसभामा प्रवेश गरेका डा. शुनिल शर्माले तलव भत्ता नलिने घोषणा गरेका छन् ।
आज भएको शपथग्रहण पश्चात डा शर्माले प्रतिक्रिया दिदै भने ̔म राजनीतिमा कमाउन नभएर सेवाका लागि आएकोहुँ,सांसदबाट पाउने तलबभत्ता लिन्न् मेरो निर्वाचन क्षेत्रका विपन्न जनता तथा परोपकारी संस्थाहरुलाई प्रदान गर्छु। ̓
प्रतिनिधिसभाका धेरै सांसदले ईश्वरको साटो जनताको नाममा सपथ लिए । तर नेपाली कांग्रेसका सांसद सुनिल शर्माले भने गीता छोएर ईश्वरको नाममा सपथ लिएका छन् ।
सांसद डा. शर्माको हातमा निर्वाचित भएको प्रमाणपत्रसँगै भागवत गीता समेत थियो । शर्मा कांग्रेसबाट निर्वाचितमध्ये सबैभन्दा बढी करिव ४९ हजार मत पाएर जितेका सांसद हुन् ।
पछिल्लो समय नेपाली राजनीतिमा झुट र भ्रष्टाचार मैलाएको बताउँदै डा. शर्माले सत्य र भ्रष्टाचाररहित राजनीतिलाई प्रश्रय दिन भागवत गीता बोकेर संसद भवन प्रवेश गरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय