उर्लाबारी। मोरङको उर्लाबारी स्थित वडा नम्वर-३ मा रहेको एक मात्र सामुदायिक विध्यालय दुर्गा माध्यमिक विध्यालय र निजी विध्यालयले विध्यार्थीको स्वास्थ्य माथी गम्भिर लापरवाही गरेको पाइएको छ ।
विहान १० बजे देखी दिउसो ४ बजेसम्म दैनिक ६ घण्टा विध्यालयमा समय बिताउने स-साना बालबालिकाको स्वास्थ्यमाथी दुर्गा विध्यालयले स्कुल हाता भित्र र कक्षा कोठाभित्र झिगा भन्किीने फोहोर थुपारेर पठन पाठन गराउदा बालबालिकाको स्वाथ्य माथी गम्भिर असर पर्ने देखिएको छ । भने निजी विध्यालयका क्यान्टिनहरुमा जङ्क फुडको व्यापार हुने गरेको पाइएको छ ।
विशेष गरी सामुदायिक विध्यालयमा आर्थिक अवस्था कमजोर भएका र दैनिक ज्याला मजदुरी गरी जिवीको पार्जन गर्ने समुदायका बालबालिका पढ्ने पाठशाला हो । ति अभिभावकका लागि विध्यालय कोरा कितावी ज्ञान आर्जन गर्ने थलो मात्रै नभएर कितावी ज्ञानका साथै शिष्टता, सभ्यता, स्वास्थ्य र जनचेतना फैलाउने थलो पनि हो तर यो विध्यालय हाता भित्र पसेर हेर्ने हो भने यहा त्यस्तो केही पनि भेटिदैन् ।
बालबालिकाहरु विहान १० बजे विध्यालय पुग्छन् अनि दिनभरी फोहोरको ढंगुरमा कखरा सिकेर ४ वजे घर फर्किन्छन् यसरी यस विध्यालयमा विध्यार्थीहरुले दैनिकी विताइरहेका छन् भने विध्यालयमा अध्यापन गराउने शिक्षक शिक्षीका पनि कक्षाकोठा भित्रको त्यही फोहोरको ढंगुरमा स-साना बालबालिकाहरुलाई कखरा सिकाइरहेका देखीन्छन् ।

                                                                     दुर्गा मावीको विध्यालय हाता भित्रको फोहोर

विध्यालयमा अध्यपन गराउने शिक्षक शिक्षिका र विध्यालयकी प्रधानाध्यपक समेतलाई फोहोर बाताबरणमा शिक्षण शिकाई क्रियाकलाप राम्रो हुन्न् भन्ने राम्रो चेतना छ तर उनिहरु आफु स्वास्थ्य सर्तकता अपनाएर दिनभरी विध्यालयमा समय गुजरा गर्छन् भने, आफ्नै छोराछोरी उमेरका स-साना बालबालिकालाई भने त्यही फोहोर र दुगन्र्धमा उनिहरु पढाई रहन्छन् । नपढाउन पनि कसरी त्यो फोहोर वातावरणमा उनिहरुका छोराछोरीले पढ्नु परेको छैन् ।

                                                                              दुर्गा मावीको कक्षा कोठा

विध्यालय हाताभित्र र कक्षाकोठामा फोहोरको ढंगुर देखेपछि हामीेले विध्यालयकी प्रधानाध्यपक शारदा कार्की (पाण्डे) लाई यसको कारण बारे जवाफ माग गर्दा उनि भन्छीन्ः ̔तपाईले अपठ्यारोमा पार्नु भयो आगामी दिनमा हामी यस कुरालाई सुधार गरेर लैजान्छौ’ भन्दै पन्छिन्।
विकास र समृद्धीको पहिलो कडी भनेकै शिक्षा हो तर यहा शिक्षाका नाममा बालबालिकालाई कोरा किताबी ज्ञान बाहेक अन्य अतिरित्त क्रियाकलापका बारेमा खासै समलग्न गराइएको पाइदैन् । हाम्रो समाजमा विध्यालय भनेको बालबालिकाको दोस्रो घर हो भनेर व्याख्या गरिन्छ तर उनिहरुले सामान्य भन्दा पनि सामान्य रुपमा सफा र स्वच्छ वातारणमा पढ्न पाईरहेका छैनन् ।

                                                                                   दुर्गा मावीको पुस्तकालय

यति मात्रै हैन विध्यालय भनेको बालअधिकारको शिक्षा दिने थलो पनि हो तर यहा नत उनिहरु राज्यको कानुनले प्रदान गरेको आफ्नो बालअधिकारको पुणर् उपभोग गर्न पाएका छन् नत उनिहरुको स्वास्थ्यको ख्याल नै छ । छ त केवल कोरा कितावी ज्ञान र रट्टामार परम्परागत शिक्षण शिकाई क्रियाकलाप ।
नगर शिक्षा शाखा र वडा नम्वर ३ को सयुक्त टोलीले वडामा रहेका ५ वटा सस्थागत विध्यालय हिमालय बोर्डिङ, सनसाईन बोर्डिङ, विध्याज्योति बोर्डिङ, शुभकामना बोर्डिङ, ब्रिलियन्ट एकेडेमी लगाएत मन्टेश्वरी कक्षा संचालन गर्ने सस्थाहरुमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा सवै भन्दा धेरै कमजोरी सामुदायिक विध्यालयमा पाइएको उर्लाबारी नगर शिक्षा शाखा प्राविधिक सहायक सृजना गौतमले बताईन ।
गौतमका अनुसार- ̔दुर्गा मावीमा सरसफाईमा चरम लापरवाही भएको र पुस्ताकालय, कमप्युटर प्रयोगशाल, विज्ञान ल्याव व्यवस्थीत नभएको बताइन भने निजी विध्यालय तर्फ हिमालय बोर्डिङको क्यानटिनम जङ्क फुडको व्यापार अन्य बोर्डिङको तुलनामा धेरै भएको र विध्याज्योति बोर्डिङमा सरसफाईमा कमी देखीनुका साथै सवै निजी विध्यालयहमा जङ्क फुडको व्यापार हुने गरेको पाइएको उनको भनाई छ । भने ब्रिलियन्ट एकेडेमीमा भवन अभावका कारण सागुरो कक्षा कोठामा बालबालिका पढिरहेको उनले बताईन ।’ ब्रिलियन्टले नया भवन निर्माण भैरहेको र केही महिना भित्रै सो भवनमा सर्ने जानकारी दिएको गौतमले सुझाईन् ।

                                                         हिमालय बोर्डिङको क्यानटिनमा बेच्न राखिएको जङ्क फुड

अनुगमनका क्रममा विध्यालयमा देखिएका कमी कमजोरीलाई सुधार गर्न सचेत गराइएको र सवै बाट सकरात्मक प्रतिक्रिया पाएको उनको भनाई छ ।
यता समृद्ध नगरको परिकल्पना सहित गत स्थानिय तहको निर्वाचनबाट निर्वाचित भएर आएका नया जनप्रतिनिधीहले पालिका भित्र रहेका सामुदायिक र सस्थागत विध्यालयहरुको गुणस्तरका बारेमा आ-आफ्नो वडामा रहेका विध्यलयहरुको अनुगमन गर्ने क्रममा आफ्नो वडाको एक मात्रै सामुदायिक विध्यालय यस्तो अवस्थामा भेटिएको सो वडाका वडाध्यक्ष भिष्मराज बुढाथोकी बताउछन् । बुढाथोकीका अनुसार वडाले अव हरेक महिना कार्यतालिका बनाएर आफ्नो वडा भित्र रहेका विध्यलयको अनुगमगन गर्ने र गुणस्तरीय बाताबरणमा शिक्षणशिकाई क्रियाकलाप गराउने सामुदायि र सस्थागत दुवै विध्यालयलाई पुरस्कृत गर्ने र अन्यलाई कार्वाही गर्ने बताए ।

                                                                           दुर्गा मावीमा रहेको सरस्वतीको मुर्ती

विकास र समृद्धिको नारा लिएर प्रगतिपथमा दौडीरहेको हाम्रो जस्तो मुलकमा औषत नेपालीका छोराछोरीले पढ्ने सरकारी विध्यालयको अवस्था दयनिय छ । तसर्थ औषत नेपालीका छोराछोरीले पढ्ने सरकारी विध्यालयको शैक्षिक गुणस्तर, विध्यालयको वताबरण र समग्र बालविकासका बारेमा विध्यालयहरुले खेलिरहेको भुमिकाका बारेमा स्थानिय सरकार र सम्वधित निकायले सुधारका पक्षमा ध्यान दिन आवश्यक छ हैन भने कोरा कितावी ज्ञान परम्परागत शिक्षणशिकाई क्रियाकलापले शान्त र सु-सस्कृत समाजको परिकल्पना सहित राज्यले शिक्षामा गरेको लगानी बालुमा पानी सरह हुने देखीन्छ ।

                                                          कक्षा कोठा सफा गर्दै दुर्गा मावी कक्षा-८ का विध्यार्थी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय