उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका वडा नम्वर-३ मा रहेका निजी विध्यालयहरुको क्यान्टिनमा बालबालिकाको स्वस्थ्यमाथी गम्भिर असर पार्ने जङ्कफुडको व्यापार हुने गरेको पाइएको छ ।
उर्लाबारी-३ मा रहेका हिमालय बोर्डिङ स्कुल, सनसाईन, विध्याज्योती, शुभकामना र ब्रिलियन्ट एकेडेमिमा विध्यार्थीको खाजाका लागि भनेर खोलिएका क्यान्टिनहरुमा जङ्कफुड, अखाध्य रंगहरुको प्रयोग र अजिनामोटोको प्रयोग हुने गरेको पाइएको छ ।
विध्यालयमा खोलिएका क्यान्टिनहरुमा मौषम अनुसार खेतवारीमा उब्जिएका सागसव्जी गेडागुडीलाई घरेलु तरीकाले बनाएर खाजाको रुपमा प्रयोगमा ल्याउनु पर्ने स्थानियसरकारले बारम्बार सुझाव दिएपनि विध्यालयहरुले सो सुझावलाई वेवस्था गर्दै बजारमा यत्रतत्र पाईने जङ्कफुडलाई क्यान्टिनमा राखेर व्यापार गरिरहेको नगर शिक्षा शाखा कार्यालयले जनाएको छ ।
वडा नम्वर-३ र नगर शिक्षा शाखाको संयुक्त पहलमा गरिएको अनुगमनका क्रममा निजी विध्यालयहरुको क्यान्टिनमा यस्तो भेटिएको नगर शिक्षा शाखा प्राविधिक सहायक सृजना गौतमले बताउनु भयो ।
गौतमका अनुसार सामुदायिक विध्यालयको तुलनामा निजी विध्यालयहरुमा सरसफाई र पठनपाठनका लागि स्वच्छ वातावरण पाइएको भएतापनि खाजाका रुपमा प्रयोग गरिएका जङ्कफुडले विध्यार्थीको स्वास्थ्यमाथी कति हानी गर्छ भन्नेमा ध्यान नदिएको बताउनु भयो । र सो पक्षलाई सुधार गर्न चेतावनी दिएको गौतम बताउनु हुन्छ ।
विहान १० वजे देखी ४ बजे सम्म करिव ६ घण्टा विध्यालयमा समय विताउने बालबालिकाका लागि विध्यालय उनिहरुको दोस्रो घर पनि हो जहा उनिहरुले कितावी ज्ञान आर्जन गर्नुका साथै शिष्टता, सभ्यता र स्वास्थ्य जनचेतना पनि सिक्ने थलो पनि हो ।
तर निजी विध्यालयहात भित्र संचालित क्यान्टिनहरुमा तिनै विध्यार्थीको स्वास्थ्यमाथी नोक्सानी पुर्याउने जङ्कफुड, अखाध्य रंगहरुको प्रयोग र अजिनामोटोको प्रयोग गरि बनाइएका चाउमिन थुक्पाको व्यापारमा भने विध्यालय अनविज्ञ जस्तै देखिएको पाइन्छ ।
वडाले विध्यालयको शिक्षणशिकाई क्रियाकलाप र पठनपाठनको बाताबरणलाई सुधार गर्ने उद्ेश्यस्वरुप विध्यालय अनुगमनका क्रममा सरसफाई सन्तोष जनक भएतापनि क्यान्टिनमा जङ्कफुडको व्यापार हुने गरेको र केही कक्षा कोठाहरुमा विध्यार्थीहरुको बढी चाप रहेको पाइएको वडा नम्वर-३ का वडाध्यक्ष भिष्मराज बुढाथोकीले बताउनु भयो।
समृद्ध नगरको पहिलो कडी भनेकै शिक्षा भएकाले गुणस्तरिय शिक्षा र स्वच्छ बाताबरणमा पढन् पाउने बालबालिको अधिकारलाई कार्यान्वयन गराउन आफ्नो वडामा रहेका विध्यालयको अनुगन थालिएको बुढाथोकीले बताउनु भयो ।
बुढाथोकीका अनुसार अब मासिक रुपमा नियमित अनुगमगन गर्ने र स्च्छ बातावरणमा गुणस्तरीय शिक्षण शिकाई गराउने सामुदायिक र सस्थागत दुवै विध्यालयलाई पुरस्कृत गर्ने र अन्यलाई कार्वाही गर्ने योजना वडा कार्यालयले लिएको समेत उहाले जनाउनु भयो ।