
पथरी । पिक्नीकमा लफडा गरेपछि इटहरी उपमहानगरपालिकाका कर्मचारी कुसुम पोख्रेल (मगर) लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मगरलाई मापसे गरि झगडा गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको होे । पिक्नीक खान पथरी आएका उपमहानगरपालिकाका कर्मचारीहरुले मगरलाई मापसे गरि प्रशासकिय अधिकृतलाई गालिगलैच गरेको र हातपात गरे पछि प्रहरी समक्ष बुझाएको जनाइएको छ ।
इटहरी उपमहानगरपालिकाका कर्मचारीहरु १५ गते शुक्रबार पथरी शनिश्चरे स्थीत भुल्के सिमसार क्षेत्रमा पिक्नीक खान आएका थिए । छैटौ तहको कर्मचारी मगर इटहरी उपमहानगरपालिकाका वडा नम्बर ४ का वडा सचिव हुन ।
इलाका प्रहरी कार्यलय पथरीको नियन्त्रणमा रहेका मगरलाई १६ गते शनिवार इटहरी उपमहानगरपालिकाकाले बुझेको इलाका प्रहरी कार्यलय पथरी जनाएको छ ।



