उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेलले केही समय अगाडी एउटा सार्वजनिक कार्यक्रममा उर्लाबारीका जनप्रतिनिधी र कर्मचारी कमिसनखोरी भएको आरोप लगाएका थिए ।
मेयर खरेलले लगाएको आरोप तथ्यहिन र प्रमाणहिन भएको भन्दै नगरपालिकाका कर्मचारी र वडाध्यक्षहरुले आपत्ती जनाएका छन ।
उनिहरुले मेयर खरेलले दिएको अभिव्यक्तिको खण्डन गर्दै आगामी कार्यपालिका बैठकमा छलफल गर्ने र कुनै पनि योजनामा कमिसन खाएको भए प्रमाणित गरी कार्वाही गर्न माग गर्ने बताएका छन् ।
मेयर खरेलले सवै जनप्रतिनिधी र कर्मचारीलाई कमिसनखोरीको ट्याग भिराएर लोकप्रियाता कमाउन लागेको भन्दै वडाध्यक्षहरुले आरोप प्रमाणित गर्न मेयर खरेललाई कार्यापालिका बैठकमा आग्रह गर्ने तयारीमा सवै वडाध्यक्ष रहेको बताइएको छ ।
मेयर खरेलले लगाएको आरोप यस्तो छः
उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेलले आफ्नो पालिकाका सवै जनप्रतिनिधी कमिसनखोरी भएको आरोप लगाएका छन्।
विकास निर्माणका क्रममा नगरपालिकाले छुट्याएको रकममा वडाध्यक्ष र कर्मचारीहरुले कमिसन विना काम नगर्ने शैलिका कारण सोचेजस्तो विकास गर्न पछि परको उनले बताए । खरेलले जनतासग जनप्रतिनिधी कार्यक्रमलाई सम्वोधन गर्दै वडा नम्वर २ को कार्यक्रममा यस्तो बताएका हुन ।
खरेलले कार्यक्रममा सम्वोधन गर्दै भनेका छन्- “१० लाखको कल्र्भट बनाउन २५ लाख रुपैया विनियोजन हुन्छ वडाअध्यक्ष र कर्मचारीले आफ्नो व्यावस्थापनका लागि १५ लाख सम्म खर्चको मार्जिन राख्ने गरेको पाइएको छ ।”
निर्वाचनताका आफुले भ्रष्टचार र कमिसनको खेलमा नलाग्ने प्रतिज्ञा गरेको स्मरण गर्दै मयेर खरेलले नगरमा हुने कमिसन र भ्रष्टचारका मामलामा आफ्नो रोक्ने प्रयास जारी रहेको बताए ।
९ वटा बडामा विभाजित उर्लाबारी नगरपालिकामा उप-प्रमुख मिनादेवी खतिवडा रहेकी छिन भने वडा नम्वर १ मा तिलक पाण्डे, वडा-२ मा कुमार कडेल राजन, वडा-३ मा भिष्मराज बुढाथोकी, वडा-४ मा कल्याण कुमार राई, वडा-५ मा रविन लामा, वडा-६ मा चिन्तामणी पौडेल, वडा-७ मा उर्मिला कार्की, वडा-८ मा कुल बहादुर कार्की र वडा- ९ मा नरबहादुर मोक्तान वडाध्यक्ष रहेका छन् ।
मेयर खरेलले जनप्रतिनिधी र कर्मचारी माथी सार्वजानिक स्थलमै यस्तो आरोप लगाउदै उनिहरुले स्विकारी सकेको बताए पनि पनि कस्ले कुन योजनामा कति कमिसन लिए भन्ने बारेमा भने खुलाएका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय