
उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेलले केही समय अगाडी “जनतासग जनप्रतिनिधी कार्यक्रम” मा उर्लाबारीका जनप्रतिनिधी र कर्मचारी कमिसनखोरी भएको आरोप लगाएका थिए ।
मेयर खरेलले सार्वजनिक रुपमै जनतामाझमा उर्लाबारी नगरपालिकाका मेयर बाहेक सवै जनप्रतिनिधी कार्यालयका कर्मचारी कमिसनको खेलमा लागेको भन्दै जनतालाई जानकारी गराएको बताएका थिए ।
मेयर खरेलको अभिव्यक्ती सगै उर्लाबारीमा भ्रष्टचार मौलाएको भान स्थानियमा परिरहेका बेला उनै मेयर खरेलले आफ्नो सचिवालयमा सो कुरालाई अतिरञ्जित पार्न खोजिएको भन्दै स्टाटस पोष्ट गरेर जनताको आखामा छारो हाल्ने काम गरेका छन् ।
सार्वजनिक स्थलमा जनतामाझ आफैले दिएको अभिव्यक्तिको ओर्जिन क्लिप उर्लाबारीबासीहरुको हातहातमा स-प्रमाणका रुपमा रहेको भएतापनि मेयर खरेलको सचिवालयले स्टाटस पोष्ट गर्दै पालिका भित्र हुने गरेको भ्रष्टचारलाई ढाकछोक गर्न संचारमाध्यमहरुलाई दोषी देखाएर पन्छिन खोजेका हुन त ?
यता स्थानियहरु भने पालिकाका जनप्रतिनिधी र कर्मचारीले एउटा योजनामा १५ लाख सम्म कमिसन लिने गरेको प्रमाण मेयर सग भए जनतासामु ल्याएर त्यस्ता जनप्रतिनिधी र कर्मचारीलाई कार्वाही गर्न माग गरिरहेका बेला मेयर खरेल भने जनता माझ सत्यतथ्य बाहिर ल्याउनु भन्दा पनि फेसवुकमै स्टाटस हालेर घटनालाई साम्य पार्ने सोचमा देखिन्छन् ।
मेयर खरेलले उर्लाबारीका सवै जनप्रतिनिधीलाई कमिसनखोरीको ट्याग लगाएपछि ९ वटै वडाका वडाध्यक्षहरुले सो कुराको पुष्टी गर्न मेयर खरेललाई चुनौती दिए । त्यसपछि मेयर खरेलले आफ्नो सचिवालयमा स्टाटस हालेर पन्छिन खोजेको बडाध्यक्षहरुले बताएका छन् ।
वडाध्यक्षहरुले मेयर खरेलले दिएको अभिव्यक्तिको खण्डन गर्दै आगामी कार्यपालिका बैठकमा छलफल गर्ने र कुनै पनि योजनामा कमिसन खाएको भए प्रमाणित गरी कार्वाही गर्न माग गर्ने योजना बनाएपछि खरेलको सचिवालयमा अतिरञ्जित भन्दै स्टाटस पोष्ट भएको हो ।
के अव मेयर खरेल यस घटनालाई अतिरञ्जित भन्दै गुपचुप बस्छन् कि पालिका भित्र हुने गरेको कमिसनको जालोलाई जनतामाझ ल्याएर भ्रष्टचार गर्ने जनप्रतिनिधी र कर्मचारीलाई कार्वाही गरी पद र नैतिकताको मार्यादा राख्छन् ? यति बेला यो प्रश्न पेचिलो बनेको छ ।



