पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाको सोमबार बसेको कार्यपालिका बैठकले विभिन्न निणर्यहरु पारित गरेको छ ।
नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले हिउँदे अधिवेशन माघ ११ गते गर्ने, आर्थिक वर्ष २०८०/०८१ को लागि संघ र प्रदेशमा योजना माग छनौट गर्ने, प्राविधिक सहायक करामा लिने, दमकल र एम्वुलेन्स संचालन सम्वन्धी छलफल गरिने ।
यस्तैगरी राष्ट्रिय परिचय पत्र पुस मसान्तसम्म वडावडामा बस्ने, वडा नं. १ को कार्यालय भवनको फाइनल डिजाइन पास, कृषि विकास तर्फका योजना माग छनौट, बर्खे धानको बीउ वितरण गर्ने र फोहोरमैला व्यवस्थापनका लागि उचित जग्गा खोजी गर्ने लगायतको निणर्यहरु पारित गरिएको प्रवक्ता नविन कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय