पथरी । मोरङको पथरीशनिश्चरे-१ मा अवस्थित पथरी बजारको व्यवस्थापनमा सरोकारवालाहरु जुटेका छन् ।
आज बजारको मुख्य सडकमा रहेको पश्चिम बस स्टेन्डलाई स्थान्तरण गरी सिरिजंघा धार्मिक वनको अगाडि सारिएको छ ।सो बस स्टेन्ड, म्याजिक तथा ट्याम्पो स्टेन्डको बोर्डलाई नगर प्रमुख मोहनप्रसाद तुम्वापोको हातबाट उद्घाटन गरिएको छ । यसैगरी वडा नं.१ मा रहेको मुख्य बजारहरुमा सडक आसपासमा अव्यवस्थित व्यापार सञ्चालन गरेकालाई ब्यवस्थित गर्ने कार्य भएको छ । साथै हलुका साधनले गर्ने अव्यवस्थित पार्किङलाई व्यवस्थापन गरी तोकिएको स्थानमा पार्किङ गर्ने सचेतनामूलक जानकारी गराइएको छ ।बजार व्यवस्थापनमा जनप्रतिनिधि, ट्राफिक प्रहरी, नेपाल प्रहरी साथै व्यापारीहरुको सहभागिता रहेको थियो । यदि बजार व्यवस्थापन कार्यलाई अटेर गरेमा कानुनी कारवाही गरिने वडा नं. १ अध्यक्ष भिम राईले जानकारी दिनुभयो । बजार व्यवस्थापनको लागि ३५ दिने सूचना पनि जारी गरिसकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय