उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाको कार्यपालिका बैठकले उर्लाबारी भएर बग्ने खोलाको ठेक्का प्रक्रिया अघि बढाउने निणर्य गरेको छ । बुधबार बसेको बैठकले सुन्झोडा खोला, सोल्टी, नुनसरी, बक्राहा खोलाको १ करोड ८७ लाख ५३ हजार ६ सय ४० रुपैया आम्दानी हुने गरी छुट्टाछुट्टै ठेक्का खोल्ने निणर्य गरेको हो ।
नगर प्रवक्ता तथा वडा नं. ३ का वडाध्यक्ष भीष्मराज बुढाथोकीका अनुसार सोल्टी, नुनसरी र बक्राहा खोला १ करोड ६२ लाख ४३ हजार ६५ र सुनझोडा खोला २४ लाख ८९ हजार ५७५ रुपियाँ न्यूनतम कबोल अंकमा ठेक्का खोल्ने निणर्य भएको हो । आर्थिक वर्ष सुरु भएको छ महिनासम्म पनि खोला ठेक्का प्रक्रिया अघि बढ्न सकेको थिएन ।
यस्तै, कार्यपालिका बैठकले नगरपालिकाबाट तीन वटा योजना छनोट गरी राष्ट्रिय योजना आयोगमा पठाएको छ । उर्लाबारी-३ रामनगर चौक उत्तर तेली खोलामा पुल निर्माण, उर्लाबारी-९ लामा टोलमा सडक तथा ड्रेन निर्माण र उर्लाबारी-६ खानेपानी मार्ग कालोपत्रे योजना छनोट गरी आयोगमा पठाइएको प्रवक्ता बुढाथोकीले बताउनु भयो ।
नगर प्रमुख गंगाप्रसाद खरेलको अध्यक्षतामा बसेको बैठकले नगर क्षेत्रमा भएका सामुदायिक वनको नियमित अनुगमन गर्ने, प्रस्तावित उर्लाबारी रंगशाला, सुनझोडा वनदेखि बाह्रकोठे हुँदै जाँते जाने बाटोको डिपिआर गर्ने लगायतका निणर्य गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय