उर्लाबारी, १ माघ । आज मोरङको उर्लाबारी-३ स्थित मंगलबारेमा लिम्वु समुदायले येले तङबे ५०८३ कक्फेवा तङनाम मनाएको छ ।
लिम्वु समुदायले हरेक वर्ष माघ १ गतेका दिन आफ्नो समुदायमा सम्वत फेरीएको मान्यता स्वरुप कक्फेवा तङनाम पर्व मनाउदै आएको छ ।
प्रकृति पुजकका रुपमा रहेको लिम्वु समुदायले तेनेवा माङथान समितीको आयोजनामा हरेक वर्ष जातिय सास्कृतिक झाँकी र यो पर्वलाई हर्सोउल्लासका साथ मनाउदै आएको छ ।
सोही अवसरमा कार्यक्रममा प्रमुख अथितिका रुपमा रहनु भएकी प्रदेश-१ की सासद शोभा चेम्जोङ पालुङवाले जातिय परम्पराको उथ्थानका लागि प्रदेश सरकार सदैव सकरात्मक रहेको बताउदै आगामी दिनमा सवै खाले सहयोग गर्न आफु तयार रहेको बताउनु भयो ।
यस्तै उर्लाबारी नगरपालिका वडा नम्वर-३ का वडाध्यक्ष भिष्मराज बुढाथोकीले जातिय सस्कृति र परम्परा स्थानिय सरकारको पहिचान र सास्कृतिक सम्पती भएका कारण लिम्वु समुदायका साथै पालिकामा रहेका सवै जातजातिको उथ्थानका लागि नगरपालिका सकरात्मक रहेको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय