
उर्लाबारी । मोरङको उर्लाबारी—३ मंगलबारे चौकमा शाखा रहेको प्राईम कमर्शीयल बैङ्कले सुनपकुवा माविलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
बैङ्कले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उर्लाबारी—२ स्थित सुनपकुवा माविलाई बिहिबार २५ हजार बराबरको चेक हस्तान्तरण गरेको बैङ्कका शाखा प्रमुख रोशिश बुढाथोकीले बताए ।
विद्यालयमा आयोजित एक कार्यक्रमबिच शाखा प्रमुख बुढाथोकीले उक्त चेक विद्यालयका प्रधानाध्यापक भूमीराज प्याकुरेललाई हस्तान्तरण गरेका थिए ।
चेक हस्तान्तरण गर्दै बुढाथोकीले बैकले हरेक वर्ष, स्वास्थ्य, शिक्षा, लगाएतका क्षेत्रमा निजी सस्थाको सामाजिक दायित्व अन्र्तगत सहयोग गर्दै आएकोमा यस वर्ष सुनपकुवा माविको शैक्षिक उननयनका लागि सानो सहयोग गरेको बताए ।
यसैबिच उक्त अवसरमा विद्यालयले शाखा प्रमुख बुढाथोकीलाई सम्मान पत्रले सम्मान गरिएको थियो । विद्यालयको समग्र विकासमा बैङ्कहरुको समेत सहकार्य हुनु विद्यालयको लागि सकरात्मक रहेको प्याकुरेलले बताए ।
२०७५ सालमा स्थापना भएको मंगलबारे शाखामा हाल ६ हजार भन्दा बढि ग्राहक रहेका छन् । उर्लाबारी वडा नम्बर २ र ३ का ग्रामीण क्षेत्रका मानिसहरुलाई बैंकिङ् प्रणालीमा जोड्न सफल प्राईम बैङ्क उर्लाबारी वडा नम्बर २ र ३ मा एकमात्र बैङ्क हो ।
कार्यक्रममा विध्यालय व्यावस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद दहाल, शिक्षक अभिभावक संघका अध्यक्ष ज्योति थापा लगाएत विध्यालयका शिक्षकहरुको उपस्थिती रहेको थियो ।



