
काठमान्डौ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । लामिछानेविरुद्धको मुद्दामा बहस नसकिएकाले सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको हो ।
आज रिट निवेदनकर्ताको पक्षका कानुन व्यवसायीहरुले बहस गरेका छन् । रिटको विपक्षमा (रविको कानुन व्यवसायीहरु) बहस सुरु भएपनि सकिएन । अब लामिछानेको नागरिकता विवादमा शुक्रबार सुनुवाइ हुने सर्वोच्चले जनाएको छ।
शुक्रबार लामिछानेका कानुन व्यवसायीको बहस सकिएपछि जवाफी बहस हुनेछ । मुद्दाका दुवै पक्षले बहस नोट बुझाइसकेका छन् ।



