मिक्लाजुङ , १८ माघ । मोरङको मिक्लाजुङ गाउपालिका वडा नम्वर-७ मा बसोबास गर्ने स्थानिय रोहित कुमार राई बयोबृद्ध अवस्थामा पुग्नु भएको छ ।
मिक्लाजुङमै जिवनको ६ दशक भन्दा बढी समय विताउनु भएका राईले २०४५ सालमा ‘बसन्त भट्टराई आयोग’ मा भरेको २ कठठ जमिनको पुर्जा ३४ वर्ष पछि पाउदा हर्ष छाएको सुनाउनु भयो ।
राई भन्नु हुन्छ- ‘२०२८ सालमा तत्कालिन मधुमल्ला गाउविकास समितीमा नापी आयो जग्गा नाप्यो, २०४५ सालमा ‘बसन्त भट्टराई आयोग’ ले विभिन्न ठाउमा पुर्जा वितरण गर्यो हामीले पाउन सकेनौ अव पुर्जा पाईन्छ होला जस्तो लागेको थिएन ३४ वर्ष पछि ४ लाख ४० हजार राजश्व तिरेर भएपनि पुर्जा पाउदा हर्षित छु ।’
राई मात्रै हैन ३४ वर्ष पछि आफु बसोवास गरेको जमिनको पुर्जा पाउदा स्थानिय विध्या आर्चायले खुसी हुदै भनिन-‘मेरा ससुरा बाले २०३० साल भन्दा अगाडी झोडा फाडेर यहा बसेको सुनाउनु हुन्थ्यो, हाम्रो परिवारको ३ पुस्ता यहि बसेका छौ बल्ल बसेको माटो आफ्नो भयो आज देखी आफ्नै माटो माथीको बास भयो दंग पर्या छु ।’
पुर्वी मोरङको मिक्लाजुङ गाउपालिकाले आफ्नो पालिकामा बसोवास गर्ने सवै नागरिकलाई जमिनको मालिक बनाउने ध्येका साथ भुमिहिन सुकुम्वासी तथा भुमि हिन दलितलाई जग्गा धनी प्रमाण पुर्जा वितरण थालेपछि गाउपालिकाको वडा नम्वर-७ का नैन बहादुर खत्री, चन्द्रमणि दाहाल, रोहित कुमार राई, चन्द्र किरण दर्जी, याम बहादुर भट्टराई, छविलाल पोख्रेल, बद्री लाल आचार्य, खड्ग बहादुर राई, लक्ष्मी माया पोख्रेल, खेम प्रसाद थापा, ठाकुरा प्रसाद दाहाल, डिल्ली प्रसाद खतिवडा, टिका माया लिम्बू, इन्द्र मणि भण्डारी, सिता देवी घिमिरे, खोमनाथ खतिवडा, पुस्पकला राई, इन्द्र प्रसाद पोख्रेल, वल्ल काफ्ले, नारान प्रसाद गौतम, सुरेन्द्र कुमार दाहाल र भिमा खड्का सोडारिले जग्गा धनी प्रमाण पुर्जा प्राप्त गर्दा वडाका २३ घर परिवारमा खुसीयाली छाएको हो ।
राष्ट्रिय भुमि आयोगका अध्यक्ष केशव निरौलाको उपस्थितीमा मिक्लाजुङ गाउपालिकाले एक कार्यक्रमको आयोजना गरी पुर्जा वितरण गरेको हो ।
पुर्जा वितरण गर्न मिक्लाजुङ आउनु भएका निरौलाले भुमी सम्बन्धी समस्या जटिल भएपनि भूमि आयोग मोरङले मिक्लाजुङ गाउँपालिकालाई प्राथमिकतामा राखेर काम गरेका कारण छोटो समयमै पुर्जा वितरण गर्न सफल भएको बताउदै निरौलाले भन्नु भयो-‘तपाइहरुले अहिले पाउनु भएको पुर्जामा उजुरबाजुर लाग्दैन, विगतका आयोगहरुले दिएजस्तो झमेला युक्त पुर्जा हैन यो, कहि कतै राजनैतिक दौडबल्यदोहन भयो की भन्ने शंका लाग्छ भने यहा शंका गर्नु पर्ने ठाउ छैन् तपाईहरुले मालपोत कार्यालय बेलकारीमा गएर जग्गाको श्रेष्ता कायम गरेपछि किनबेच गर्न पाउनु हुन्छ।’
स्थानिय सरकार गठन भएपछि पहिलो पटक मिक्लाजुङमा भुमी हिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीहरुले जग्गाधनी प्रमाण पुर्जा प्राप्त गरेको बताउदै गाउपालिकाका अध्यक्ष बबी कुमार राई भन्नु हुन्छ-‘जग्गा धनी प्रमाण पुर्जा प्राप्तीका लागि अनुसुची-२ र अनुसुची-४ गरी पालिकामा परेका निवेदन मध्ये ५ हजार २ सय ४१ निस्सा वितरणको अन्तिम तयारीमा छौँ, तत्काल वितरणका लागि तयार पारिएका ४५ पुर्जा भएपनि केही पुर्जामा प्राविधिक समस्या उत्पन्न् भएका कारण वितरण गर्न सकेनौ, समस्या उत्पन्न भएका पुर्जालाई थाती राख्दै आगमी हप्ता देखी वडा नम्वर ३,५,९ र ७ नम्वर वडामा वाकी रहेको गरी अन्य ४ सय ५० वटा धनिपुर्जा वितरण गर्छौँ।’
यस्तै पुर्जा वितरण कार्यक्रममा उपस्थित भएकी भुमि आयोग मोरङकी अध्यक्ष शुशिला घिमिरेले मोरङका १७ स्थानियतह मध्ये हाल सम्म भुमि आयोगले हालसम्म मिक्लाजुङ गाउपालिका सहित उर्लाबारी नगरपालिका, रतुवामाई नगरपालिका, सुन्दरहरैचा नगरपालिका, बेलबारी नगरपालिका, कानेपोखरी गाउपालिका र बुढीगंगा गाउपालिका गरी ८ वटा पालिकामा काम गरिहेको बताउदै ८ स्थानियतहमा गरेर हालसम्म १ सय भन्दा बढी पुर्जा वितरण गरिएको र थप १ सय कै हाराहारीको तयारीको अवस्थामा आयोग रहेको बताउनु भयो ।
ADVERTISEMENT