
उर्लाबारी १९ माघ । उर्लाबारीलाई सिमसारको शहरका रुपमा चिनाउदै ‘स्वच्छ समृद्ध र समतामुलक उर्लाबारी’ भन्ने नारालाई मुर्तरुप दिन विशेष गरी हिउदे अधिवेसन केन्द्रित भएको उर्लाबारी नगरपालिकाले जनाएको छ ।
आज नगरपालिका परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी नवौ नगरसभाबाट पारित भएका १६ वटा निणर्यहरु नगरपालिकाले सार्वजनिक गरेको हो ।
नगरसभाले विशेष गरी हिउदे अधिवेसनबाट ४ वटा विधेयकहरु पारित गरेको जनाएको छ । जसमा स्थानीय वन विधेयक, दिशाजन्य लेदो व्यावस्थापन विधेयक, आर्थिक विधेयक र विनियोजन विधेयक रहेका छन् ।
यस्तै नगरसभाले आर्थिक वर्ष २०७९/८० सम्ममा समापन गर्ने गरी ३५ वटा योजना समावेश गरिएको समेत जानकारी गराएको छ भने आर्थिक वर्ष २०७९/८० लागि तयार पारिएका तर विविध कारणले रोकिएका ६२ वटा योजनालाई शिर्षक संसोधन गरी साविककै विनियोजित बजेट बाट संचालन गर्ने निणर्य पनि गरेको जनाएको छ ।
यस्तै नगरसभाले नगर न्यायिक समितीको प्रतिवेदन, सामाजिक विकास, आर्थिक विकास, पुर्वाधार विकास, वन वताबरण तथा विपद् व्यावस्थापन र सुशासन तथा संस्थागत विकास समितीको प्रतिवेदनलाई समेत अनुमोदन गरेको प्रमुख प्रशासकिय अधिकृत अग्नि प्रसाद अधिकारीले बताउनु भयो ।
यस्तै आर्थिक वर्ष २०७८/७९ को स्थानिय मावा खोला ठेक्का वापतको रु १ करोड ५० हजार ५ सय ७ रुपैयामा मलेपको प्रारम्भिर प्रतिवेदनको बुदा नं. ४२.१ मा उल्लेख भएको बेरुजुका सम्वधमा पनि स्थलगत अनुगमन गरी प्रारम्भिक प्रतिवेदनमा उल्लेख भएअनुसारको राजश्वमा कुनै हानी नोक्सानी नदेखिएकाले उक्त बेरुजु रकम फछर्चौट गर्ने निणर्य भएको जनाइएको छ ।
यस्तै पालिकाको स्वीकृत संगठन संरचना र दरबन्दी संसोधन गरी अध्यावधिक गर्न साविकको १ सय ४५ दरवन्दीलाई बृद्धि गरी १ सय ८३ पुर्याइएको नगरपालिकाले जनाएको छ ।
यस्तै गरी उर्लाबारी नगरपालिकाको आर्थिक, सामाजिक, सास्कृति तथा भौतिक विकासका लागि ५ वर्षे आवधिक योजना बनाई स्वीकृत गर्ने निणर्य सभाले पास गरेको जनाइएको छ ।
२०७३ सालमा उर्लाबारी नगरपालिका घोषणा हुदा साविक मधुमल्ला गाउविकास समितीको ७, ८ र ९ नम्वर वडा समायोजित हुदा सो वडा भित्र रहेका सामुदायिक वनहरुले चर्चेका भु-भाग र साविक उर्लाबारी गाउविकास समितीको स्थापना कालदेखी भोगचलनमा रहेका सामुदायिक वनहरु, सिमसार क्षेत्रहरु नक्सामा पालिकाको नक्सामा छुटेक कारण ति क्षेत्रहरुलाई नक्सामा समावेश गराउन पालिकाको नक्सा संशोधन गरी प्रदेश सरकार र संघिय सरकार सग पहल गर्ने निणर्य र सार्वजानिक, ऐलानी र पर्ती जग्गाहरुको पहिचान गरी नगरपालिका मातहत ल्याउने निणर्य सभाले पारित गरेको भएको मेयर गंगा प्रसाद खरेलले बताउनु भयो ।
यस्तै प्राविधिक कारणले रद्द भएका उर्लाबारी-१ स्वास्थ्य कार्यालय हुदै मिक्लाजुङ जाने कालोपत्रे बाटो निर्माणका लागि ३० लाख, उर्लाबारी-६ को होलीचाइल्ड मार्ग कालोपत्रेका लागि ३५ लाख, २९ हजार ४ सय १० र उर्लाबारी-७ को मावापुल दक्षिण कालोपत्रेका लागि १० लाख ५२ हजार बराबरको ३ वटा बाटोहरु कालोपत्रे गर्ने निणर्य सहित १६ वटा निणर्य पास भएको नगर प्रवक्ता भिष्मराज बुढाथोकीले बताउनु भयो ।



