उर्लाबारी, ३ फागुन् । मोरङको उर्लाबारी २ मा रहेको उर्लाबारी क्षेत्रकै पुरानो विध्यालय सुनपकुवा मावीले स्वर्ण महोत्सवको हिसाव सार्वजनिक गरेको छ ।
गत मंसिर २४, २५ र २६ गते सम्म आयोजित स्वर्ण महोत्सव समारोहको आज एक कार्यक्रमको आयोजना गरी हिसाव सार्वजानिक गरेको हो ।
स्वर्ण महोत्सवका अवसरमा विध्यालयले विद्यालयको उननयनका लागि योगदान पु¥याउने ७०० भन्दा बढी चन्दादाता, जग्गादाता, जनप्रतिनिधि, शिक्षक तथा विद्यार्थीहरुलाई योगदानको आधारमा सम्मान गरिएको विध्यालयका प्रधानाध्यपक भुमिराज प्याकुरेलले बताउनु भयो ।
२०७५ साल देखि औपचारिक रुपमा अंगे्रजी माध्यमको कक्षा ६, ७ र ८ कक्षाबाट शुरु गरिएको विद्यालयमा हाल अंगे्रजी र नेपाली माध्यम गरी कुल १ हजार ३ सय विध्यार्थी अध्ययनरत रहेको विध्यालयले जनाएको छ ।
यस्तै विध्यालयले सोही अवसरमा विध्यार्थीको शिक्षण सिकाई उपलक्धी पनि सार्वजानिक गरेको छ । शिक्षण सिकाई उपलक्धीमा औषत रुपमा कक्षा १–५ को ५५ प्रतिशत, कक्षा ६, ७ र ८ को तहगत उपलब्धी ५० प्रतिशत, । SEE २०७८ मा सहभागि १ सय ३९ जना विध्यार्थी मध्ये A+ ल्याउने १ जना A ल्याउने ६ जना B+ ल्याउने १९ जना र १५ जना विद्यार्थीले मात्र १.६ भन्दा तलको गे्रड प्राप्त गरेको जनाएको छ ।
यस्तै कक्षा ११ तर्फ कुल सहभागि ११९ जना विध्यार्थीमा ८२ जना विद्यार्थी सफल भएका थिए भने ३७ जनाले गे्रडवृद्धि गरेको विध्यालयले जनाएको छ ।
यस्तै कक्षा १२ तर्फ कुल ९० जना मध्ये ९ जना सफल भएका थिए भने २८ जना गे्रडवृद्धि गरी स्नातक तहको अध्ययनका गएको विध्यालयले जनाएको छ ।
विद्यालयले स्थापनाको ६६ औँ बार्षिकत्सवको अवसरमा आयोजना गरेको स्वणर् महोत्सवमा भएको आम्दानी र खर्चको विवरण विध्यालयका प्रधानाध्यपक भुमिराज प्याकुरेलबाट प्रस्तुत भएको हिसावको पुणर्पाठ-

आम्दानी तर्फ
क्र.सं. विवरण रकम रु.
१. स्वर्ण महोत्सव सहयोग प्राप्त १४,६७,३९३÷–
२. अक्षयकोष प्राप्त ६,३७,३३३÷–
३. सरस्वती मन्दिर निर्माण सहयोग ३५,१७०÷–
४. स्वर्ण स्मारक निर्माण सहयोग ११,२१०÷–
जम्मा रकम रु. २१,५१,१०६÷–
उठ्न बाँकी रकम
१. स्वर्ण महोत्सव सहयोग रकम १,३२,१०५÷–
२. अक्षयकोष तर्फ उठ्न बाँकी १,२०,५५५÷–
३. सरस्वती मन्दिर निर्माण तर्फ ४३,१६७÷–
४. स्वर्ण स्मारक निर्माण तर्फ ५,०००÷–
जम्मा रु. ३,००,८२७÷–
१. उर्लाबारी नगरपालिका रंग रोगन सहयोग ५,००,०००÷–
कूल जम्मा रकम रु. २६,५१,१०६÷–

खर्च तर्फ
क्र.सं. विवरण रकम रु.
१. फोटोकपी पेपर खरिद ९,३४५÷–
२. सम्म्मान–पत्रको फे्रम खरिद १,३२,०००÷–
३. इन्धन तथा प्रचारप्रसार खर्च २३,४०९÷–
४. फोन खर्च १,७००÷–
५. खादा तथा दोसल्ला खरिद १,९३,५००÷–
६. मञ्च तथा साउण्ड सिष्टम खर्च ३,०९,६७५÷–
७. चिया, नास्ता, खाना खर्च १,२९,६९०÷–
८. शिक्षक,कर्मचारी नगद पुरस्कार ३५,०००÷–
९. ग्राउण्ड मर्मत तथा सुरक्षा खर्च २५,५००÷–
१०. पोडियम खरिद १६,०००÷–
११. कम्प्युटर प्रिन्टर खरिद २६,५००÷–
१२. खुद्रा सामग्री खरिद ८,७४०÷–
१३. मायाको चिनो खरिद २५,६५०÷–
१४. मिनरल वाटर खरिद ३,५००÷–
१५. विद्यार्थी नृत्य डे«स भाडा १६,०००÷–
१६. प्राविधिक खर्च (कम्प्युटर) ३६,०००÷–
१७. वाद्यवादन प्राविधिक खर्च ७,०००÷–
१८. अन्य विविध खर्च ६४,४६५÷–
१९. सञ्चार खर्च १८,५००÷–
२०. व्याच खरिद ४३,८२०÷–
२१. भिडियो÷ड्रोन क्यामेरा खर्च ५४,०५५÷–
२२. सुराई तथा करुवा खरिद ३७,३००÷–
२३. खेलकुद तथा पुरस्कार खर्च ४७,७३५÷–
२४. स्मारिका छपाई खर्च ३,२८,०००÷–
२५. अन्य मर्मत खर्च १,८७०÷–
२६. अतिथी सत्कार ३६,४४०÷÷
जम्मा रकम रु. १६,३१,३५४÷–
२६. रंग रोगन खर्च (हाल सम्म) ३,३८,०००÷–
जम्मा रकम रु. १९,६९,३५४÷–
क) अक्षयकोष नगद बैंक दाखिला ६,३७,३३७÷–
ख) बैंक मौज्दात (ईन्भेष्टमेन्ट बैंक) ४४,४१५÷–
कूल जम्मा रकम रु. २६,५१,१०६÷–

 विद्यालयको आ.व.२०७८÷०७९ को आय व्यव छोटकरीमा प्रस्तुत गर्ने अनुमति चाहन्छु । यस विद्यालयको सामाजिक परीक्षण समितिले दिएको प्रतिवेदन बमोजिम ः–
आम्दानी तर्फ ः–
१. गत बैंक तथा नगद मौज्दात २३,२५,७७९÷५०
क) मा.वि. तर्फको (अंगे्रजी र नेपाली माध्यम गरी) – १८,४०,४६५÷९९
ख) उ.मा.वि. तर्फ – ४,८५,३१३÷५१
२.सरकारी निकासा जम्मा (कृषि विकास बैंक,उर्लाबारी) १,८४,८४,४६५÷७८
३.कार्यक्रमिक निकासा (योजना) कार्यक्रम, रा.बा.बैंक,उर्लाबारी १३,१४,९९८÷–
४.रसिदबाट सहयोग प्राप्त १०,८५,५९५÷–
५.ब्याज प्राप्त ३०,६४७÷५९
६.अंगे्रजी माध्यम तर्फ सहयोग प्राप्त ६७,२८,७७५÷–
७. अंगे्रजी माध्यम तर्फ बैंक ब्याज प्राप्त ६,१८४÷९८
८.उ.मा.वि.तर्फ सहयोग प्राप्त ३२,३९,४७५÷–
९.उ.मा.वि.तर्फ बैंक ब्याज प्राप्त ६,०६४÷७०
१०.भूक्तानी दिन बाँकी (दायित्व) १,००,९५२÷६४
जम्मा रकम रु. ३,३३,२२,९३८÷१९
११.अक्षय कोष तर्फ ४,१६,१११÷–
क) श्री लिलानाथ गौतम २,५०,०००÷–
ख) श्री भूपालकुमार राया १,०१,१११÷–
ग) श्री अमर पुरी ६५,०००÷–
अमर पुरीको थप ३६,१११÷–विद्यालय कोष मै रहेको छ । उक्त रकमको ब्याज विद्यालयले दिदै आएको छ । ६५,०००÷– को मुद्दतीको म्याद सकिने वित्तिकै दुवैलाई एकमुष्ट गरी एउटै खातामा अक्षयकोषको व्यवस्थापन गरिनेछ ।

घ)अक्षयकोषको ब्याज प्राप्त ९०,२३९÷४८
कूल जम्मा आम्दानी रकम रु. ३,३८,२९,२८८÷६७

खर्च तर्फ ः
१.तलब भत्ता तर्फ १,४३,४६,६६७÷२९
२.पोशाक भत्ता ३,२०,०००÷–
३.क.सं.कोष दाखिला २३,७३,५६६÷४०
४.सावधिक जीवन बीमा कोष दाखिला २,३०,४००÷–
५.सा.सु.कर दाखिला १,४४,९१६÷०६
६.आयकर दाखिला १,५६,६४१÷७४
७.कार्यालय सञ्चालन÷छात्रवृत्ति÷अन्य खर्च २४,११,८४८÷४४
८.बैंक कर तथा नविकरण कर ४,९९७÷१४
९.अंगे्रजी माध्यम तर्फ जम्मा खर्च (तलब भत्ता सहित) ४५,२३,५९७÷२०
१०.कक्षा ११÷१२ तर्फको जम्मा खर्च २४,८३,२७५÷९०
११.उ.मा.वि.तर्फ बैंक तथा नगद मौन्दात १२,४७,५७७÷३१
१२.मा.वि.तर्फ बैंक तथा नगद मौज्दात ५०,७९,४५०÷७१
१३.अक्षयकोष तर्फ ४,१६,१११÷–
१४.अक्षयकोष ब्याज ९०,२३९÷४८
कूल जम्मा खर्च रकम रु. ३,३८,२९,२८८÷६७

समितिको कार्यकालमा भएका उपलब्धिहरुलाई बुदाँगत रुपमा ः–

१. अंगे्रजी माध्यम तर्फका ब्लकहरुको मर्मत गरी सञ्चालन योग्य बनाइएको ।
२. अंगे्रजी माध्यमका कक्षाहरु ० – १२ सम्मा सञ्चालन गरी अंगे्रजी र नेपाली माध्यम दुवैमा गरी जम्मा विद्यार्थीको
संख्या ८०० बाट १३०० भन्दा बढी पु¥याइएको ।
३. ८ कोठे भवनको निर्माण गरिएको ।
४. सुविधा सम्पन्न कम्प्युटर ल्यावको संरचना निर्माण गरिएको ।
५. क्षेत्रीय स्तरको क्ष्त् ल्याव स्थापना गरी सञ्चालनमा लइएको ।
६. राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम ल्याई कार्यालय भवनको माथि तेश्रो तला थप गरिएको ।
७. विद्यालयमा शुद्ध खानेपानी विस्तारित रुपमा उपलब्ध गराइएको ।
८. Wash  सहितको छात्र शौचालय निर्माण गरिएको ।
९. २ वटा क्यान्टिन निर्माण गरी सञ्चालनमा ल्याइएको ।
१०. सुविधायुक्त पुस्तकालय र विज्ञान प्रयोगशाला सञ्चालनमा ल्याइएको ।
११. स्मार्ट बोर्ड सहितको सभाहल सञ्चालनमा ल्याइएको ।
१२. अक्षयकोषको स्थापना गरी १३,००,०००÷– कटाइएको ।
१३. ऐतिहासिक स्वर्ण महोत्सव सफलतापूर्वक आयोजना गरी सम्पन्न गरिएको ।
१४. विद्यालयको छुट्टै खेलमैदानको निर्माण गरी सञ्चालनमा ल्याइएको ।
१५. विद्यालयको लागि योगदान गर्ने ७०० भन्दा बढी चन्दादाता, जग्गादाता, जनप्रतिनिधि, शिक्षक तथा
विद्यार्थीहरुलाई योगदानको आधारमा सम्मान गरिएको ।
१६. विद्यालय समुदाय सम्बन्ध विस्तार गरी समुदायका नेतृत्वदायी अभिभावकहरुलाई विद्यालयमा भित्र्याइएको ।
१७. कक्षा ० – ६ सम्मका बालबालिकाहरुको लागि दैनिक खाजा खाने प्रबन्ध मिलाइएको ।

२०७१ साल देखि नर्सरी र के.जी.बाट शुरु भएको अंगे्रजी माध्यमको शिक्षण सिकाई हाल विद्यालयका प्रत्येक कक्षाकोठाहरुमा भरिएको छ । ठूलो उत्साह र उमंगका साथ अभिभावकको सहयोग प्राप्त भएको अंगे्रजी माध्यममा विद्यार्थी छनोट गरेर मात्र प्रवेश दिने गरिएको छ । गुणस्तरियताको लागि शिक्षक तथा अभिभावकको बिचमा समय समयमा बैंठक भेला गरी छलफल र समस्या समाधान गर्ने गरिएको छ । मैले अगाडि नै प्रष्ट पारि सकेको छु । यस बर्ष स्वर्ण महोत्सव तयारीको कारण विद्यार्थीको व्यक्तिगत उपलब्धिको चर्चा गर्ने, सुधारका उपायहरु खोज्न छलफल गर्ने किसिमका बैंठकहरु बस्न सकिएको छैन । त्यो किसिमको अभिभावक भेलाको क्रमशः व्यवस्थापन गर्ने कुराको प्रतिवद्धता व्यक्त गर्दछु । यसको लागि हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
अव म आगामी दिनमा विद्यालयले सञ्चालन गर्ने कार्यक्रमहरुको बारेमा बुदाँगत रुपमा जानकारी गराउने अनुमति चाहन्छु ।
१.विद्यालय परिसर भित्र सरस्वतीको मन्दिर निर्माण गर्ने ।
२.विद्यालय भित्र स्वर्ण स्मारक निर्माण गर्ने ।
३.रु.२५,००,०००÷– को भवन निर्माण शुरु गर्ने ।
४.कम्तिमा २ करोडको भवन निर्माणको लागि मन्त्रालय स्तरमा प्रस्तावना पेश गर्ने र कार्यक्रम माग गर्ने ।
५.विद्यालय बस सञ्चालनको लागि आवश्यक पहल गर्ने ।
६.कम्प्युटर ईन्जिनियरिङ सहितको प्राविधिक शिक्षामा पहल गर्ने ।
७.गुणस्तर वृद्धिका उपायहरु हदैसम्म अपनाउने ।
८.“असल समाज निर्माणमा संस्कार र सीप सहितको प्राविधिक शिक्षा, आजको आवश्यकता” नारालाई सार्थक
बनाउन अघि बढ्ने ।
९.विद्यार्थीहरुको क्षमतालाई सिकाउने, टिकाउने र विकाउने गरी विकास गर्ने ।
१०.विद्यालयमा पालेको व्यवस्थापनको लागि पूर्वाधार विकास गर्ने ।
११.बालबालिकाहरुको लागि खाजा खाने टहरा निर्माण गर्ने ।
१२.मोटरसाइकल स्टैण्ड निर्माण गर्ने ।
१३.विद्यालय भवनको रंग रोगन कार्य सम्पन्न गर्ने ।
१४.पूरानो गेट विस्थापन गरी नयाँ गेट निर्माण गर्ने ।
१५.स्थायी संरचना भएको स्टेज निर्माण गर्ने ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय