उर्लाबारी, ५ फागुन । मोरङको उर्लाबारीमा आज विहान १० वजे घरको छतबाट खसेर एक जना वृद्धको मृत्यु भएको छ ।
शुक्रबार बिहान उर्लाबारी नगरपालिका-६ स्थित जनपथ चोकमा घरको छतमा बसीरहेका ८७ वर्षीय भीमबहादुर महराको अढाई तले घरको छतबाट खसेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । मृतक महरा दम रोगी भएको पनि प्रहरीले जनाएको छ ।
महरा आफ्नै घरको छतमा बसिरहेको बेला अचानक खसेका थिए । महराको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक मिलनजंङ थापाले बताउनु भयो ।
मृतक महराको शव पोस्टमार्टमका लागि उर्लाबारी-३ मंगलबारेमा रहेको मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरमा लगिएको प्रहरीले जनाएको छ ।
घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय उर्लाबारीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
ADVERTISEMENT