
उर्लाबारी, ७ फागुन । नेपाली कांग्रसका नेता एवम प्रदेश-१ का सह-महामन्त्री खड्ग फागोले प्रजातन्त्र नेपाली जनताको समृद्धिको आधार भएको बताउनु भएको छ ।
२००७ साल फागुन ७ गते १०४ वर्षे जहानियाँ राणा शासन अन्त्य भएपछि नेपाली जनता रैतीबाट नागरिक बनेको ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष आजको दिन प्रजातन्त्र दिवश मनाइने गरेको फागोले बताउनु भयो ।
नेपाली कांग्रेस उर्लाबारी-२ को आयोजनामा आज सालबारी सामुदायिक वनको सभाहलमा आयोजित ̔७३ औँ राष्ट्रिय प्रजातन्त्रको दिवश’ को अवसरमा आयोजित कार्यक्रममा उहाले यस्तो बताउनु भएको हो ।
२००७ साल अघि सम्म नेपालमा करिव १ सय ४ वर्ष चलेको जहानिया राणाशासनले नेपाली जनताहरुको वाक स्वतन्त्रता, पढ्न/लेख्न पाउने अधिकारलाई कुठित गरी नेपाली जनताको मौलिक हक अधिकार माथिको प्रहारलाई विस्तापित गरी नागरिक स्वतन्त्रताको पक्षमा भएको आन्दोलनको पुणर् रुप नै प्रजातन्त्र भएको उहाले बताउनु भयो ।
सोही प्रजातन्त्रको आधारमा टेकेर देशमा विस २०३६, २०४६ र २०६२/६३ मा अन्दोलनहरु भएको र त्यसले नेपाललाई समृद्धिको बाटोमा अघि वढाएको औल्याउदै उहाले भन्नुभयो-“प्रजातन्त्र दिवश यो एउटा आमुख पार्टीको कार्यक्रम हैन, यो अधिकार स्थापित गराउन मार्गदर्शन गर्ने वीरशहिदहरु र पथप्रर्दशक नेता विपी कोइराला प्रतिको सम्मान हो, उहाहरुले गर्नु भएको योगदानकै कारण आज हामी समृद्धिको सपना देखी रहेका छौ, समृद्धिको आधार नै प्रजातन्त्र हो ।”
आज भन्दा करिव ७३ वर्ष अघि अग्रज पुर्खाहरुको त्याग र सघर्षका कारण स्थापित प्रजातन्त्रको आधारमा टेकेर नेपालीको सामाजिक न्याय र समानताका लागि हक स्थापित गर्न प्रजातन्त्रले बाटो खोलेको स्मरण गर्दै फागोले भन्नुभयो-“पछिल्लो समय बदलिदो राजनितक परिदृश्यका कारण नेपालका स्थापित राजनैतिक पार्टीमा वितृष्णा उत्पन्न भएका कारण देशमा अस्थिरता बढ्दै गएकाले राजनैतिक पार्टीहरु आर्थिक समृद्धि हासील गर्न बृहत्तर राष्ट्रिय समहमतिका साथ अगाडी बढनु पर्ने बताउनु भयो ।”
शुभकामना आदन प्रदान कार्यक्रममा नेपाली कांग्रेसका विभिन्न भातृ संघठनका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा नेपाली काग्रेस जिल्ला सदस्य वीरवल थापा, उर्लाबारी कार्यबहाक सभापति राजन रायमझी, महाधिवेसन प्रतिनिधी तथा वडा नम्वर २ का अध्यक्ष कुमार कडेल, महाधिवेसन प्रतिनिधी बानु सुव्वा, गोमा नेपाल, नेपाल विध्यार्थी सघ उर्लाबारीका सभापति विवेक कार्की र नेपाली कांग्रेस नगर सहसचिव टंक गिरी लगाएतले शुभकामना शुभेक्षा राख्नु भएको थियो ।
कार्यक्रम उर्लाबारी-२ का सभापति रुद्र बरालको सभापतित्वमा सम्पन्न् भएको थियो । भने कार्यक्रमको संचालन वडा सचिव रोहोत आर्चायले गर्नु भयो ।



