उर्लाबारी, ८ फागुन । मोरङको उर्लाबारी-२ मा रहेको स्थित वेतिनी सामुदायिक वन उपभोक्ता समूहले आफ्नो २० औ साधरण समपन्न् गरेको छ ।
साधारण सभाको अवसरमा वन क्षेत्रको संरक्षण तथा प्रचारप्रसारमा योगदान पुर्‍याएको भन्दै पत्रकार, कर्मचारी, टोली नेता, ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । आईतबार आयोजित समूहको २० औं वार्षिक साधारणसभाको अवसरमा पत्रकार सरोज बस्नेतलाई १० हजार नगदसहित सम्मान गरिएको छ । उर्लाबारीमा डेढ दशकदेखि पत्रकारितामा सक्रिय बस्नेतले पत्रकारिताको माध्यमबाट वेतिनी वन र वेतिनी सिमसारको प्रचारप्रसारमा उल्लेख्य योगदान पुर्‍याएको भन्दै समूहले उनलाई सम्मान गरेको हो ।
कार्यक्रममा ज्येष्ठ नागरिक रणबहादुर लिम्बू, वन समूहका कर्मचारी तिलकबहादुर खड्का र मीना राजवंशी, उत्कृष्ट उपभोक्ता टिकाकुमारी राई, टोली नेताहरु देवीप्रसाद अधिकारी, शिव बस्नेत र बलबहादुर धिमाललाई पनि सम्मान गरिएको थियो ।
उर्लाबारी नगरपालिका वडा नं. २ का वडाध्यक्ष राजन कँडेलको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा प्रमुख अतिथि कँडेलसहित सामुदायिक वन प्रदेश महासंघका सचिव अग्नि पौडेल, सव डिभिजन वन कार्यालय मंगलबारेका रेञ्जर अमृत चेम्जोङलगायतले शुभकामना मन्तव्य राखेका थिए।
२०५९ सालमा स्थापना भएको यो समूहमा हाल उर्लाबारी नगरपालिका वडा नं. २, ३, ४ र ७ का १ हजार ३२५ उपभोक्ता घरधुरी आवद्ध रहेको अध्यक्ष भीमबहादुर राईले जानकारी दिए । वेतिनी वनमा रहेको वेतिनी सिमसार आन्तरिक पर्यटकको रोजाइको केन्द्र बन्दै आएको छ ।
साधारणसभामा वन समूहका अध्यक्ष भीमबहादुर राईले प्रस्तावित वार्षिक कार्ययोजना, सचिव अरुणा थापाले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष अर्जुन बाँस्तोलाले वार्षिक आर्थिक प्रतिवेदन र लेखा तथा अनुगमन समितिका संयोजक देवमणि न्यौपानेले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । सचिव अरुणा थापाले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष सीता बुढाथोकी डाँगीले स्वागत मन्तव्य राखेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय