उर्लाबारी, ११ फागुन । मोरङको उर्लाबारी नगरपालिकाका मेयर र उपमेयर बंगलादेश प्रस्थान गरेका छन् ।
बंगलादेशको खुल्ना शहरमा हुन लागेको ८औँ अन्तराष्ट्रिय “दिशा जन्य लेदो पदार्थ व्यवस्थापन” सेमिनारमा भाग लिन मेयर गंगाप्रसाद खरेल र उपमेयर मिना खतिवडा विहिबार प्रस्थान गरेको मेयरको सचिवालले जनाएको छ । सेमिनारमा भाग लिएर दुवै जना फागुन १९ गते उर्लाबारी फर्कने कार्यतालिका रहेको छ ।
४ दिनसम्म चल्ने सो सेमिनारमा भाग लिन उर्लाबारी नगरपालिकाका साथै धनकुटा नगरपालिकाका मेयर, उपमेयर पनि सेमिनारमा भाग लिन बंगलादेश प्रस्थान गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय