
पथरी, २० फागुन् । मोरङको पथरीशनिश्चरे-१० मा रहेको बाल नमुना विद्या मन्दिर बोर्डिङले २७ औं अभिभावक दिवस सम्पन्न् गरेको छ ।
शनिबार विध्यालयले विभिन्न कार्यक्रमहरूको आयोजना दिवस सम्पन्न भएको हो । दिवसका अवसरमा सामाजिक, धार्मिक, शैक्षिक क्षेत्रमा विशिष्ट योगदान पुर्याउने सन्तोष कठायत, विधालयकी संस्थापक चन्द्रकला अधिकारी, खोज अनुसन्धान कर्ता तथा लेखक दिपेन्द्र तिम्सिना, शिक्षा क्षेत्रमा विशिष्ट योगदान पुर्याउनु हुने उद्धव थापा, काजी राई, पदम गुरुङ र शिक्षक रविन लिम्बुलाई कदर पत्र सहित दोसल्ला ओढाएर सम्मानित गरिएको थियो ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि वडा नं १० का वडा अध्यक्ष जीवन खतिवडाले विद्यालयले विगत वर्षहरुदेखि नै जीवन उपयोगी सीप र शिक्षा दिदै आएको बताउनु भयो ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी लक्ष्मी भण्डारी, पथरीशनिश्चरे नगरपालिकाका अधिकृत शिक्षा शाखा नवीन खुलाल, नेपाल शिक्षक महासंघ अध्यक्ष अर्जुन कुमार बुढाथोकी लगाएतले शुभकामना मनतव्य राख्नु भएको थियो ।
दिवसका अवसरमा शैक्षिक शत्र-२०७८अन्तर्गत विभिन्न तहमा प्रथम, दृतिय र तृतीय स्थान हासिल गर्ने विध्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।
खेलकुद सप्ताह अन्तर्गत विभिन्न विधामा विजयी भएका विद्यार्थी र अभिभावकहरूलाई पनि पुरस्कृत गरिएको थियो । उक्त अवसरमा परम्परागत कृषि क्षेत्रमा प्रयोग गरिने औजारहरू सम्बन्धी विभिन्न स्टलहरु पनि राखिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीर बहादुर घिमिरे अध्यक्षतामा सम्पन्न भएको थियो।



