उर्लाबारी, २१ फागुन । इलाका प्रहरी कार्यालय उर्लाबारीमा ११ महिना कार्यकाल सम्हालेका प्रहरी निरीक्षक मिलनजंग थापाको कार्यकालमा ३२ जना फरार प्रतिवादी पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय उर्लाबारीको नेतृत्व सम्हाल्न आउनुभएका प्रहरी निरीक्षक मिलन थापाले २०७९ बैशाख ९ देखी आजसम्म ३२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको जानकारी दिनुभएको छ ।
प्रहरी निरीक्षक थापा इप्रका उर्लाबारीमा रहँदा ९४ वटा मुद्धा दर्ता भएको र त्यसमध्ये ४४ वटा फर्छयौट भएको छ । पुरानो ६८ वटा मुद्धा पनि फर्छयौट गरिएको छ । यस अवधिमा बिभिन्न घटनामा ७ महिलासहित ७६ जनालाई पक्राउ गरिएको थियो ।
प्रहरी निरीक्षक थापा उर्लाबारीमा रहँदा लागुऔषध नियन्त्रणमा विशेष अभियान नै संचालन गर्नुभएको थियो । यस ११ महिनाको अवधिमा लागु औषध कारोबारमा संलग्न ४ महिलासहित २० जनालाई पक्राउ गरि मुद्धा चलाईएको थियो ।
थापाको कार्यकालमा उर्लाबारी ईलाका क्षेत्रमा लागुऔषध नियन्त्रण, सडक सचेतना लगायतका विषयमा १९ वटा जनचेतनामुलक कार्यक्रम पनि संचालन गर्नुभएको थियो । यस्तै ८५ वटा सवारी दुर्घटनाका ४ जानको मृत्यु हुँदा २७ घाईते र ४२ जना सामान्य घाईते भएको थापाले जादाजादै सेगमेन्टमा बताउनु भएको छ । थापाको हालै जिल्ला प्रहरी कार्यालय पाँचथर सरुवा भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय