उर्लाबारी, २४ फागुन । मोरङको उर्लाबारी नगरपालिका वडा नम्वर-२ मा ४ लेनको सडक कालोपत्रे हुने भएको छ ।
विश्व बैकको सहयोगमा बन्न लागेको यो सडक आधुनिक प्रविधीको प्रयोग गरी निर्माण गरीने २ नम्वर वडा कार्यालयले जनाएको छ।
उर्लाबारीमै पहिलो पटक वडा नम्वर-२ मा ४ लेनको सडक अटोमेटिक सडक बत्ति जडान, पार्किङ सहितको सडक निर्माण हुन लागेको वडाध्यक्ष कुमार कँडेलले बताउनुभयो ।
सडक निर्माणको जिम्मा भारतको सिजेच कोलोनी शान्त नगर हैदरावादले पाएको छ ।
उर्लाबारी-३ को कृष्ण चौक देखी सुनझोडा सामुदायिक वन क्षेत्रको कार्यालय सम्म बन्न लागेको करिव ५ किलोमिटर सडक ४२ करोड लागतमा बन्ने समझौता समपन्न् भएको वडा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय