
उर्लाबारी, २७ फागुन । आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागि आज देशभरीका आङगिक क्याम्पस र सामुदायिक क्याम्पसमा विद्यार्थी संगठनहरुले उम्मेदवारी दर्ता गराएका छन् ।
आज अपराह्न ४ बजे सम्म समय सिमा रहको उम्मेदवारी दर्ताको समयाअवधि समाप्त भएको छ। स्ववियु निर्वाचनका लागि मोरङको उर्लाबारीमा रहेको उर्लाबारी बहुमुखी क्याम्पसमा ६ वटा विद्यार्थी संगठनले उम्मेदवारी दर्ता गराएका छन् ।
उम्मेदवारी दर्ता गराउने क्रममा उर्लाबारी क्याम्पसमा नेविसंघ पहिलो संगठन बनेको छ । चैत्र ५ को निर्वाचनका लागि उर्लाबारी क्याम्पसमा नेविसंघ एकल चुनावी मैदानमा उत्रिएको छ । अनेरास्ववियुको नेतृत्वमा ५ वटा विद्यार्थी संगठनले सयुक्त रुपमा उम्मेदवारी दर्ता गराएका छन् ।
स्ववियु निर्वाचनका लागि नेविसघले सभापतिमा विवेक कार्की, सचिवमा देवेन्द्र पौडेल, कोषाध्यक्षमा भुवन श्रेष्ठ र सदस्यहरुमा अञ्जना न्यौपाने, विनिता गौतम, शुशिला कार्की, सन्दिप बुढाथोकी, सुजन शंकर, विराट थापा र दिपेश चौधरीले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
यस्तै ५ विद्यार्थी संगठनको सयुक्त गठबन्धनले सभापतिमा प्रिती दहाल, सचिवमा थानेश्वर अधिकारी, कोषाध्यक्षमा भिम बहादुर मंग्रान्ती, सदस्यहरुमा चिराग श्रेष्ठ, दिवश ढुङगाना, हिक्मत थापा, शर्मिला चौलागाई, दिपेन्द्र बहादुर विश्वकर्मा, बिनोद नेपाल, अजय खतिवडा र विश्वास राईले उम्मेदवारी दर्ता गराउनु भएको निर्वाचन सयोजक सहप्रध्यापक हस्तबहादुर भट्टराईले बताउनु भयो ।
नेविसघका विरुद्ध यस पटक उर्लाबारी क्याम्पसमा ५ वटा विद्यार्थी संगठनहरुले गठबन्धन गरेर भागबण्डामा उम्मेदवारी दर्ता गराएता पनि नेविसंघले ईतिहांस रच्ने गरी तयारी गरिरहेको नेविसंघ क्याम्पस इकाइ सभापति भूपेन काफ्लेले बताउनुभयो ।
स्थापना कालदेखि नै अनेरास्ववियुको एकछत्र राज रहेको यस क्याम्पसमा विद्यार्थीका कुनैपनि मुद्धा किनारा लगाउन नसकेपछि अनेरास्ववियु प्रती विद्यार्थीहरुको चाम घट्दै आएको थियो । आफ्नो संगठनको घट्दो चामका कारण उसले आफ्नो नेतृत्वमा अन्य ४ संगठनका विद्यार्थीहरुलाई विभिन्न पदको भागबण्डा लगाएर नेतृत्व हत्याउने दाउमा लागेको विद्यार्थी नेताहरुको भनाई छ ।
चुनाव ताका धेरै आशस्वसन बाढ्ने र निर्वाचन परिणाम सगै विद्यार्थीको समस्या र उनिहरुका मुद्दामा केन्द्रित नहुने पुरानै परम्पराका कारण अनेरास्ववियुको प्रबृतिका कारण विद्यार्थीहरुले क्याम्पसमा सकस झेल्नु परेको तितो यथार्थलाई चिर्न यस पटक नेतृत्व परिवर्तनका लागि नेविसंघले बिबेक कार्कीलाई सभापतिको उम्मेदवार बनाएको विद्यार्थी नेता सुजित जैसवाले बताउनुभयो ।



