उर्लाबारी, १ चैत्र । देशै भरका विद्यार्थीहरुको साझा संगठन स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आउन केही दिन मात्र बाकी रहेको छ ।
मिनी निर्वाचनका रुपमा चर्चा हुदै आएको स्ववियु निर्वाचनमा विभिन्न विद्यार्थी संगठनहरुले विद्यार्थी र सम्वधित क्याम्पस सग आवद्ध भएर आ-आफ्नो घोषणा पत्र समेत सार्वजनिक गरिरहेका छन् ।
यसैविच उर्लाबारी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनमा होमिएको नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।
नेविसंघले उर्लाबारी क्याम्पसको परिवेश सुहाउदो र बर्तमान समयमा त्यहा अध्ययनरत विद्यार्थीहरुले भोगेका समस्याहरुलाई हल गर्न सकिने प्रकृतिका मुद्दाहरुलाई समेटेर घोषणापत्र तयार गरेको जनाएको छ ।
चुनावमा नेतृत्व हत्याउन झट्ट हेर्दा आर्कषक देखीने तर कार्यान्वयन गराउन सकस हुने खालका चुनावी फण्डा भन्दा माथी उठेर विद्यार्थीले भोगिरहेका समस्याहरुलाई सम्वोधन गर्न सकिने १४ बुदाहरुलाई समेटेर घोषणापत्र तयार पारेको जनाएको छ ।
भौतिक निर्माण, खेलमैदान, प्रविधिमैत्री शिक्षालाई प्राथमिकता दिदै कक्षाकोठामा इन्टरनेट सहितको इन्टरएक्टिभ बोर्डको व्यवस्था गर्न, विद्यार्थीबाट लिइने मासिक शुल्क तथा अन्य शुल्कहरुको पुर्नावलोकन गरी बैज्ञानिक तथा व्यवहारिक ढंगबाट समायोजन गर्न पहल गर्न, बाहिरी जिल्लाबाट क्याम्पसमा अध्यन गर्न आउने विद्यार्थीहरुकालाइ छात्राबासको निर्माण गर्न पहल गर्न, क्याम्पस बस थप गर्न उर्लाबारी नगरपालिकाका निवर्तमान नगर प्रमुख श्री खड्गबहादुर फागोको नेतृत्वले बस खरिदका लागि निणर्य गरेको रकम रु. ३०,००,०००।- योेजनालाई कार्यान्वयन गर्न आवश्यक पहल गर्ने, एक विद्यार्थी एक पुस्तक सेटलाई कार्यान्वयन गराउने, विद्यार्थीमैत्री क्याम्पस प्रशासन बनाउने, विद्यार्थीहरुका लागि निशुल्क लोक सेवा आयोग, शिक्षक सेवा आयोग र बैङकीङ तयारी कक्षा निःशुल्क सञ्चालन गर्ने, छात्राहरुका लागी छुुटै ऋजबलनष्लन च्ययm को व्यवस्था गरी निशुल्क सेनिटरी प्याडको व्यवस्था मिलाउने, विद्यार्थी कल्याणकारी कोषलाई व्यवस्थित गरी चलायमान बनाउने, गरिब, जेहेन्दार, दुर्गम जिल्लाबाट आउने विद्यार्थीहरुको लागि विशेष छात्रवृतीको व्यवस्था गरी छात्रवृत्ति कोषलाई बढाउन पहल गर्ने, गरिब तथा विपन्न विद्यार्थीहरुका लागि शैक्षिक कर्जा कोषको स्थापना गर्ने, भौतिक निर्माण, खेलमैदान, प्रविधिमैत्री शिक्षणलाई प्राथमिकता दिइने, विद्यार्थीहरुको प्रतिभा प्रष्फुटनका लागि नियमितरुपमा खेलकुद, साहित्यिक कृयाकलाप लगायत अतिरिक्त कृयाकलापमा जोड दिने, विद्यार्थीहरुका लागि प्राथमिक स्वास्थ्य उपचार कक्षको व्यवस्था गरी सरकारी नियकासँग समन्वय गरी स्वास्थ्यकर्मीको समेत व्यवस्था गर्न नेविसंघको प्यानल लागि पर्ने सभापतिका उम्मेदवार बिबेक कार्कीले बताउनु भयो ।


विद्यार्थीहरुका साझा समस्यालाई सम्वोधन गर्ने नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा विभिन्न आङगिक र सामुदायिक क्याम्पसहरुमा नेतृत्व चयनका लागि कही सत्तासाझेदार दल निकट विद्यार्थी संगठनहरु प्यानल बनाएर चुनावमा होमिएका छन् भने कतै एक्ला-एक्लैको नेतृत्वमा चुनावी मैदानमा उत्रिएका छन् ।
उर्लाबारी क्याम्पसमा भने नेविसंघले अनेरास्ववियु नेतृत्वको ५ विद्यार्थी संगठनको सयुक्त प्यानललाई चुनौती दिदै सभापतिमा विवेक कार्की, सचिवमा देवेन्द्र पौडेल, कोषाध्यक्षमा भुवन श्रेष्ठ र सदस्यहरुमा अञ्जना न्यौपाने, विनिता गौतम, शुशिला कार्की, सन्दिप बुढाथोकी, सुजन शंकर, विराट थापा र दिपेश चौधरी को प्यानल चुनावी मैदानमा उत्रिएको छ ।
क्याम्पस प्रशासन र स्ववियुका विचमा तालमेल नमिल्दा विद्यार्थीले विगत लामो समय देखी धेरै समस्याहरु भोग्नु परेको बताउदै कार्कीले भन्नुभयो-“हामी सवै विद्यार्थीको समस्यालाई साझा रुपमा समाधान गर्न तल्लीन छौ, क्याम्पसको बातावरणलाई राम्रो सग बुझेका विद्यार्थीहरु उम्मेदवार बनेका छौ, अधिकांश विद्यार्थीको मत पाउने अपेक्षा हामीमा छ, त्यसैले आगामी दिनका काम गर्न सक्ने टिम नेविसंघको प्यानलमा भएकाले मत दिई विजयी गराईदिनु हुन्छ भन्ने पुणर् विश्वास लिएको छु।”
विगत लामो समय देखी उर्लाबारी क्याम्पसमा अनेरास्ववियुले एकछत्र नेतृत्व गर्दै आएको भएपनि स्ववियु निर्वाचन पश्चात नेतृत्व सुस्त हुने परम्पराले उर्लाबारी क्याम्पसलाई शैक्षिक हबका रुपमा विकास गर्न सकिने धेरै सम्भावनाहरु त्यसै ओझेलमा परे, सहि नेतृत्व चयनमा विद्यार्थीहरु चुक्दा क्याम्पस पछि परेको कार्कीले बताउनुभयो ।
क्याम्पसबाट उच्च शिक्षा हासिल गरेसँगै विद्यार्थीहरुलाई आत्मानिर्भर बन्न सक्ने शिक्षा दिन नेविसंघ नेतृत्वको स्ववियु टिमले आगामी दिनमा कट्टिबद्ध भएर काम गर्नेमा कुनै कसर बाँकी नराख्ने कार्कीको अठोट रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय