उर्लाबारी, १० चैत । मोरङको उर्लाबारी–३ मगलबारेमा रहेको बिध्याज्योती बोर्डिङ स्कुलमा शिक्षकले कक्षा–१मा पढ्ने बिध्यार्थिलाईसुम्लो उठ्ने गरि पिटेका छ्न ।

उर्लाबारी –३ थापाचौकमा बसोबास गर्ने मन्दिप दुलालको छोरा आशिष् दुलालको तिघ्रामा पाईपको छाप बस्ने गरि पिटेपछी अभिभावकहरुले आपत्ती जनाएका छन ।

एक हप्ता अघि देखि बिध्यालयमा पढाउन आएका शिक्षक राहुल लुईटेलले ९ को गुणाङ्क भन्न नजानेको भन्दै पाईपले सुम्लो बस्ने गरिपिटेको मन्दिप दुलालले बताए ।

बिध्यालयमा महगो फिस तिरेर पढाउन पठाएको बालबालिका लाई बालमैत्री वातावरणमा पढाउनु पर्नेमा बालबच्चालाई हप्की दप्कीगरेर बालमन्स्थितिमा असर पार्ने कुटपिट गर्नु शिक्षकको ज्याजती भएको बिध्यालयमा उपस्थित अभिभावक हरुले बताए ।

बिध्यार्थी कुट्ने शिक्षकलाई तत्काललाई अभिभावकको अगाडि माफी मगाईएको  र भोलिबबिध्यार्थिहरुको अगाडि माफी मगाउनेअभिभावक र बिध्यालय प्रशासन बिच सहमती भएपछी अभिभावक बच्चा लिएर घर गएको बिध्यालका प्रिन्सिपल डिबि थापाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय