
पथरी, १४ चैत । मोरङको पथरीशनिश्चरे-१ मा स्थापित सि.एम.कन्दङ्वा स्मृति कोषले साहित्य, संगीत र पत्रकारिता क्षेत्रमा कार्यरत तीन जनालाई एक लाख ६३ हजार नगदसहित सम्मान गर्ने भएको छ ।
पथरीशनिश्चरे १ स्थित एभरेष्ट अंग्रेजी आवासीय माविद्वारा सञ्चालित कोषले छुट्टाछुट्टै विधाको तीन जनालाई सम्मान गर्ने आज पत्रकार सम्मेलनको आयोजना गरी घोषणा गरेको हो ।
चन्द्रमान कन्दङ्वा (सीएम)को जन्म दिनको अवसर पारेर चैत्र २९ गते साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराईलाई नगद एक लाख एक हजारसहित सि.एम.कन्दङ्वा विशिष्ट राष्ट्रिय प्रतिभा सम्मान २०७९ ले सम्मानित गर्ने भएको हो ।
त्यसैगरी दार्जेलिङ भारतका अनिल फागोलाई ५१ हजारसहित सि.एम.कन्दङ् युवा राष्ट्रिय प्रतिभा सम्मान २०७९ र मोरङ पथरीशनिश्चरेका पत्रकार अर्जुन जम्नेली राईलाई ११ हजारसहित सुशिला.कन्दङ्वा पत्रकारिता राष्ट्रियसम्मान २०७९ले सम्मान गर्ने निणर्य भएको सि.एम.कन्दङ्वा स्मृति कोष सञ्चालक समितिको उपाध्यक्ष रबिन कन्दङ्वाले जानकारी दिनुभयो ।
झापा दमक १ स्थायी बसोबास भएका सम्मानित व्यक्ति गोविन्दराज भट्टराईले ६५ भन्दा बढी कृतिहरु प्रकाशित भएको छ । ३२ भन्दा बढी सम्मान पाइसकेका छन् ।
संगीत विधानमा सम्मानित अनिल फागो लामो समयदेखि झापा र मोरङको बिभिन्न विद्यालयहरुमा संगीत विद्या सिकाउदै आउनु भएको छ ।
भारत हैदरावाद विश्वविद्यालयबाट संगीतमा पोष्ट ग्रयाजुएट गर्नुभएको फागोले विभिन्न गीतहरुमा संगीत गर्नु भएको छ ।
सुशिला.कन्दङ्वा पत्रकारिता राष्ट्रिय सम्मान—२०७९ बाट सम्मानित पत्रकार अर्जुन जम्नेली राई २१ बर्ष अघिदेखि पत्रकारिता क्षेत्र मार्फत समाजिक, राजनीतिक बिकृति, विसंगति विरुद्ध कलम चलाउदै आउनु भएको छ ।
गोरखापत्र दैनिक लगायतका सञ्चार माध्यममा संवाददाताको रुपमा काम गरिस गर्नुभएका राई हाल रातोकलम डटकमका प्रधान सम्पादक हुनुहुन्छ ।
पाटन संयुक्त बहुमुखी क्याम्पस ललितपुरबाट एम.ए. गर्नु भएका राई हाल पथरीशनिश्चरे—१ स्थित पञ्चायत माविको कक्षा ११ र १२ मा पत्रकारिता बिषय पढाउदै आउनु भएको छ ।
चन्द्रमान कन्दङ्वा (सीएम) प्रजातान्त्रिक आन्दोलनको सेनानी तथा पूर्बी नेपालको शिक्षाको अभियान्ता थिए । वि.स. १९८१ चैत्र २९ गते जन्मिएका कन्दङ्वाले २०४३ सालमा पथरीमा एभरेष्ट अंग्रेजी आवासीय माविको स्थापना गर्नुभएको थियो । २०६२ देहान्त भएपछि स्कृलले सि.एम.कन्दङ्वा स्मृति कोष स्थापना गरी साहित्य, कला, पत्रकारिता, भाषा, संस्कृति क्षेत्रको बिकास गर्ने उदेश्यले सम्मान गर्दै आएको हो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपालराई को प्रमुख आतिथ्यतामा सम्मान वितरण हुने पत्रकार सम्मेलनमा समितिको अध्यक्ष डा. रामनारायण कन्दङ्वा र सचिव ओमप्रकाश पुडासैनीद्वारा हस्ताक्षरित विज्ञप्ति उल्लेख छ ।



