उर्लाबारी, १४ चैत । कोशी प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिले मोरङको उर्लाबारी नगरपालिका वडा-६ र ७ मा तालाबन्दी गर्ने क्रममा वडाअध्यक्ष माथी कुटपिट र लछारपछार निन्दनिय भएको जनाएको छ ।
आज देखी ४ दिन सम्म कोशी प्रदेशका सवै स्थानियतहमा तालावन्दी गर्ने उदघोष गरेका पहिचानवादी आन्दोलनकर्ताले उर्लाबारी नगरपालिका र मतहतका वडा कार्यालयमा तालाबन्दी गर्ने क्रममा वडा नम्वर-६ का अध्यक्ष चिन्तामणी पौडेललाई कुटपिट गरेका थिए ।
कुटपिटको घटना पश्चात नेपाली कांग्रेस उर्लाबारीले विज्ञप्ती जारी गर्दै-आन्दोलनका नाममा अराजकता निमत्याउन खोजे कडा प्रतिवादमा उत्रन बाध्य हुने जनाएको छ ।
विज्ञप्तीमा भनिएको छ-“ शान्तिपुणर् आन्दोलन गर्ने सबैधानिक अधिकार हुदाहुदै जनप्रतिनिधीमाथी आफ्नै कार्यकक्षमा कुटपिट हुनु निन्दनिय र दण्डनिय रहेको छ भन्ने हाम्रो मान्यता रहेको छ कुटपिटमा समलग्न व्याक्तिहरुमाथी तुरुन्त छानविन गरी कडा कानुनी कारवाही गरियोस भनि सम्वधित निकायसग जोडदार माग गर्दछौ। अन्यथा शान्ति सुरक्षा र अमनचयनका लागि आन्दोलनका नाममा हुने अराजक गतिविधीहरुको कडा प्रतिवाद गर्न बाध्य हुनेछौ।”
ADVERTISEMENT