पथरी, बैशाख ७ । मोरङको पथरी मोरङ जिल्ला स्तरिय कराते प्रतियोगिता हुने भएको छ ।
लगुपदार्थ दुर्व्यसनसनबाट युवालाई निरुत्साहित गर्ने लक्ष्यका साथ पथरीमा पहिलो पटक कराते प्रतियोगिता गराउन लागिएको पथरी कराँते एकेडेमीले जनाएको छ ।
एकेडेमीले पत्रकार सम्मेलनको आयोजना गरी प्रतिायोगीता आयोजनाको बारेमा जानकारी गराएको हो । प्रदेश विकास खेलकुद बोर्ड प्रदेश १ को ३ लाख आर्थीक सहयोगमा र नेपाल सितारीयो कराते एकेडेमी र पथरी कराँते एकेडेमीको संयुक्त आयोजनमा खेल हुन लागेको हो ।
बैसाख ९ गते शनिबार सिन भिलेट पार्टी प्यालेसको हलमा हुने प्रतियोगीतामा २० केजी तौल समूहदेखी ६१ केजि तौल समूह माथिका महिला तथा पुरुष खेलाडि बिच प्रतिस्पर्धा हुने छ । प्रतियोगीतामा मोरङ, झापा र सुनसरीका गरी २ सय ५० भन्दा बढि खेलाडिको सहभागीता रहने नेपाल कराते महासंघ मोरङ जिल्ला उपाध्यक्ष धर्म न्यौपानेले बताए ।
प्रतियोगीतामा विजेता हुने खेलाडिले नगद सहित मेडल प्रमाण्पत्र पाउने छ भने विधागत तर्फ पनि पुरस्कार वितरण गरिने छ । टाढा बाट आउने खेलाडिलाई आयोजकले यातायात साथै खान बस्नको समेत बेबस्था गरेको आयोजक समितिका ले जनाएको छ ।
खेल सम्पन्न गर्न ४ लाख खर्च लाग्ने अनुामान गरिएको छ । यस समप्न्न गर्न पथरी शनिश्चरे नगरपालिकाले २ लाख ५० हजार रकम बराबरको किक म्याट सौजन्य आयोजकले जनाएको छ ।
कार्यक्रममा प्रदेश खेलकुद विकास वोर्डका सदस्य सचिव हंसराज वगालेको प्रमुख आतिथ्यता साथै नेपाल सितोरीयोे कराँते महासंघका उपाध्यक्ष महेस कुमार श्रेष्ठको विषेश आतिथ्यता रहनेछ ।
पथरी शनिश्चरे नगरपालिकामा ३५ बर्ष पछाडि कराते प्रतियोगिता हुन लागेको पथरी कराँते एकेडेमीका अध्यक्ष सुरेन्द्र कुमार तुम्वाफोले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय