
उर्लाबारी, ९ बैशाख । मानव जिवनको मृत्यु पछिको अन्तिम सस्कार गर्ने आर्यघाट निर्माणका लागि मोरङ उर्लाबारीका-४ स्थानियले ४० वर्ष देखी चर्चेको ४ विघा जमिन स्थानिय सरकारलाई दिएका थिए।
२०३६ सालदेखी जोतभोग गर्दै आएका स्थानिय ३५ जना जग्गाधनीहरुले नगरपालिकालाई व्यवस्थित बक्राघाट निर्माणका जग्गादिन तयार भएपछि उर्लाबारीमा मोरङ जिल्लाकै ठुलो र व्यवस्थित आर्यघाट बन्नेमा उर्लाबारीबासी विश्वस्त थिए ।
जग्गा अभावकै कारण अलमलमा परेको योजनालाई सार्थकता दिन उर्लाबारी नगरपालिकाका निवर्तमान मेयर खड्ग फागोको सक्रियतामा ४० वर्ष देखी जोतभोग गर्दै आएका स्थानिहरु “बक्राघाट” निर्माणका लागि आफुले चर्चेको जमिन दिन तयार भएपछि योजनाले पुणर्ता पाउने लगभग पक्का जस्तै बनेको थियो ।
तर २०७९ बैशाख ३० को स्थानियतह निर्वाचन पश्चात उर्लाबारी नगरपालिकाको मेयरमा नेकपा एमालेबाट मेयर पदमा निर्वाचित भएर आएका गंगाप्रसाद खरेलले आर्यघाटको नाम परिवर्तन गरी
“बक्राहा विष्णु-गङ्गा घाट” नामाकरण गरी जिल्ला प्रशासन कार्यालय मोरङमा दर्ता गरेर आर्यघाट निर्माणका लागि छुट्टै सस्था दर्ता गराएपछि मेयर खरेलको चौतर्फी विरोध हुन थालेको छ ।
निर्वाचनताका उर्लाबारीको विकास र समृद्धिका लागि कहि कतै कसैसग सम्झौता गर्दिन भन्दै भाषण गर्ने मेयर खरेलले आफु निर्वाचित भएको १ वर्ष पनि पुग्न नपाउदै उर्लाबारीकै गौरवको योजनाका रुपमा लिइएको “बक्राघाट” को योजनालाई नाम परिवर्तन गरी आफु अनुकुलको समिती निर्माण गरी समितीलाई अधिकार सुम्पेपछि आर्यघाट बन्नेमै शङका उत्पन्न भएको स्थानियहरुले बताउने गरेका छन् ।
स्थानिय भन्छन्-“उर्लाबारीमा नाम परिवर्तनको राजनिती चल्ने क्रम कहिलै रोकिने भएन, नामकै राजनितीले उर्लाबारीको समृद्धि र विकासमा धक्का पुग्ने निश्चित छ, नाम परिवर्तनकै कारण अलपत्र बनिरहेको मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टर यसको ज्वलन्त उदाहरण हो ।”
३ वर्ष अगाडी तत्कालिन प्रदेश-१ (कोशी प्रदेश) सरकार मातहत रहेको उर्लाबारी-३ मंगलबारेको मंगलबारे अस्पताललाई स्तर उन्नती गर्ने प्रदेश सरकारले “मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टर” भनेर अस्पतालको नाम परिवर्तन गर्यो ।
मंगलबारे अस्पतालकै रुपमा स्तर उन्नती गरिनु पर्छ भनेर तत्कालिन समयमा स्थानियहरुले १ महिना सम्म विरोध गरे तर प्रदेश मातहत रहेको सो अस्पताल प्रदेशमा नेकपा एमालेको बहुमत भएका कारण बहुमतले पास गरेको नाम स्थानियको आन्दोलनले साविककै नाममा फर्काउन सकेन । अस्पतालको नाम परिवर्तन भएको ३ वर्ष वितीसकेको छ तर हाल सम्म पनि सो अस्पताल साधरण ट्रमा सेन्टरका रुपमा पनि विकास हुन सकेको छैन् ।
हाल उर्लाबारी नगरपालिकाको कार्यपालिकामा पनि नेकपा एमालेकै प्रतिनिधीको बहुमत छ । सोही बहुमतको आडमा मेयर खरेलले पनि सोही सिको गर्दै आर्यघाटको नाम परिवर्तनमा मरिमेटी लागि परेको उनिमाथी आरोप छ ।
निर्वाचनताका मेयर खरेलले नगरपालिकाको भत्ता नलिने, सुशान, मित्तव्यीता, पारदर्शितामा सम्झौता नगर्ने, उर्लाबारीको समृद्धि र विकासका लागि मरिमेट््ने जस्ता चर्का भाषण गर्दै टोलटोलमा पुगेर लोकप्रिय बनेका खरेलले आफूले बोलेको कुरा १ वर्ष पनि पुरा नभई कतै बिर्सेका त हैनन् ?
निर्वतमान नगर प्रमुख खड्गबहादुर फागोले नै नगरको गौरवको आयोजनाका रुपमा निर्माण गर्न डिपीआरसमेत निर्माण गरेको बक्राहाघाट मेयर खरेलले बक्राहा विष्णु-गङ्गा घाट नेपाल नामको गैरसरकारी संंस्था गठन गरी हस्तानरण गरेपछि आर्यघाट पनि ट्रमा सेन्टर जस्तै हुने धेरैको अनुमान छ ।
यस्तो थियो बक्राघाट निर्माणको तयारी
जग्गा अभावकै कारण अलमलमा परीरहेको उर्लाबारीकै गौरवको योजनालाई सार्थकता दिन उर्लाबारी नगरपालिकाका निवर्तमान मेयर खड्ग फागोको सक्रियतामा स्थानियले चर्चेको करिव ४ विघाह जमिन घाट निर्माणका लागि नगरपालिकालाई दिन तयार भए ।
४० वर्ष देखी जोतभोग गर्दै आएका स्थानिहरु “बक्राघाट” निर्माणका लागि आफुले चर्चेको जमिन दिन तयार भएपछि सो को डिपीआर निर्माणका लागि नगरपालिकाले प्रक्रिया अगाडी बढाइएको थियो ।




बक्रा नदीमा दिनमा औसत ३/४ वटा शव अन्त्येष्टिका लागि ल्याउने गरीएको भएता पनि व्यवस्थित घाट नहुदा जथाभाबी रुपमा शव जलाउनाले नदी किनारमा बसोवास गर्ने समुदायको जनस्वास्थ्यमा असर पर्नुका साथै नदीको शौन्र्दयता र बरीपरीको वतावरण समेत दुषित र दुर्घन्धीत हुने गरेका कारण शवलाई व्यस्थीत रुपमा दहन गर्न र मलामीका कारण राजमार्गगमा हुने गरेरको ट्राफिक जामलाई कम गर्ने उदेश्यका साथ नगरपालिकाले घाट निर्माणको योजना अघि सारेको थियो ।
उर्लाबारीको बढ्दो जनसख्या र जनघन्तवलाई मध्यनजर गर्दै १ सय वर्ष सम्मका लागि सहज हुने गरीको सात वटा साधरण प्रकारको र ३ वटा विधुतीय शव जलाउने स्थान सहितको किरियापुत्री वस्ने घर, धार्मिक महत्व बोकेका बोटविरुवाहरुको बगैचा निर्माण र प्रसस्त पार्कीङ सहितको आधुनिक बक्राघाट निर्माण गर्ने लक्ष्य नगरपालिकाले लिएको थियो ।
नगरपालिकाले व्यवस्थित घाट निर्माणको प्रक्रियालाई अगाडी बढाउन ७० लाख रुपैया विनियोजन गरेको छ । विनियोजित रकम बाट घाट निर्माणको काम अगाडी बढाउने र क्रमागत रुपमा विकास गर्दै आधुनीक घाट निर्माण गरी नदी किनारको पर्यावरण र जनस्वास्थयमा परेको असरलाई न्युनिकण गर्ने लक्ष्य निवर्तमान मेयर खड्ग फागोको थियो ।