उर्लाबारी, बैशाख ११ । १७ औ लोकतन्त्र दिवशको अवसर पारेर उर्लाबारीमा ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ ।
नेपाली कांग्रेस उर्लाबारी-५ को आयोजनाममा भएको कार्यक्रममा उर्लाबारी-५ र ६ मा रहेका २ सय जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको नेपाली कांग्रेस उर्लाबारी-५ का सभापति तुल बहादुर थापा (रोहित) ले बताउनु भयो ।
सम्मानित ज्येष्ठ नागरिकहरुलाई नेपाली कांग्रेस कोशी प्रदेश सहमहामन्त्री खड्ग फागोले ज्येष्ठ महिलालाई साडी र पुरुषहरुलाई नेपाली टोपी लगाएर सम्मान गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अथिती फागोले ज्येष्ठ नागरिक समाजको जिउदो ईतिहास भएको बताउदै समाजमा ज्येष्ठ नागरिकलाई उच्च सम्मानका साथ स्थान दिनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस मोरङ क्षेत्र-१ (१) का उपसभापति लोलिम पोमु लिम्वु, नेपाली कांग्रेस उर्लाबारी कार्यबहाक सभापति राजन रायमाझी ज्येष्ठ नागरिक मिलन चौतारीकी सदस्य कमला भण्डारी लगाएतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
वडा सभापति थापाको सभापतित्वमा आयोजित कार्यक्रम सचिव प्रेमराज शर्माले सञ्चालन गर्नु भएको थियो । कार्यक्रम उर्लाबारी-५ मा रहको ज्येष्ठ नागरिक मिलन चौतारीकी को भवनमा समपन्न् भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय