उर्लाबारी, बैशाख १४। नेपाली कांग्रेस कोशी प्रदेश सहमहामन्त्री खड्ग फागोले कांग्रेस समय सापेक्ष चल्नु पर्ने बताउनु भएको छ ।
विहिबार उर्लाबारीमा आयोजित नगर तथा प्रदेश स्तरीय सम्मेलनमा बोल्दै फागोले यस्तो बताउनु भएको हो ।
फागोले भन्नुभयो-कांग्रेसमा स्वतन्त्र रुपमा माथिल्लो स्तरका नेता देखी वडा स्तरका नेता र कार्यकर्ताले स्वतन्त्र रुपमा आफ्नो विचार राख्न पाउने वाक स्वतन्त्रता भएपनि पार्टीको निर्देशन र चेन अफ कमाण्डमा नचल्ने परम्परा मौलाएका कारण बर्तमान समयमा पार्टीप्रति जनचासो घट्दै गएको हो ।
कांग्रेसमा चेन अफ कमाण्ड, अन्य पार्टीको जस्तो कठोर छैन्, कांग्रेसमा बोल्न र लेख्न पाउने अधिकार सवै नेता कार्यकर्तालाई छ, तर यो अधिकारको सही सदुपयोग हुन नसक्दा कांग्रेसमा भित्र भित्रै छय्ईकरणको पारो उकालो लाग्दै गएको उहाले औल्याउनुभयो ।
लेख्न र बोल्न पाउने अधिकारलाई केही नेताहरुले आफ्नो समुह अथवा निजी स्वार्थ पुर्तिका लागि कार्यकर्तालाई प्रयोग गर्ने प्रबृती बढेका कारण कांग्रेस प्रती जनमानसमा वितृष्णा पैदा भएको उहाले बताउनुभयो ।
नेताहरु र प्रभावशाली व्याक्तिहरुले पद, प्रतिष्ठा, मान, सम्मानको राजनितीलाई परिवर्तन गरेर समय सापेक्ष जनजिवीको पार्जनका मुद्दामा केन्द्रित हुन आवश्यक रहेको उहाको तर्क थियो ।
नेपाली कांग्रेस प्रदेश सभा १ (१) को आयोजनामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस केन्द्रिय महाधिवेसन प्रतिनीधी सिता कार्की, गोमा नेपाल प्रदेश सभा १ (१) का सभापति नरबहादुर मोक्तानले मनतव्य राख्नु भएको थियो ।
प्रदेश सभा १ (१) का सभापति मोक्तानको सभापतित्वमा सम्पन्न कार्यक्रममा अधिकाश बक्ताहरुले नेपाली कांग्रेस समय सापेक्ष रुपमा परिवर्तन रहन आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय