उर्लाबारी, बैशाख २७ । मोरङको उर्लाबारी-३ चन्दनेमा रहेको दुर्गा माविमा विद्यालयका शिक्षक, शिक्षिका र अन्य कर्मचारीले सवारी साधन बरण्डामा नै पार्किङ गर्ने गरेका छन् ।
कक्षा १ देखी कक्षा १२ सम्मको अध्ययन हुने यस विद्यालयमा अध्ययन गराउने शिक्षक, शिक्षिका र कर्मचारीले प्रयोग गर्दै आएका मोटरसाईकल, स्कुटर र साईकल लगाएतका सवारी साधन बालबच्चा हिडडुल गर्ने बरण्डामा राख्दा ठोक्किएर चोटपटक लाग्ने सक्ने अभिभावकले बताए ।
ति अभिभावकका अनुसार विद्यालय प्रशासनलाई पटकपटक व्यवस्थित पार्कीङ गर्न सुझाव दिए पनि प्रशासनले आलेटाले गर्दै अटेरी गर्ने गरेको उनले बताए ।
यता अव्यवस्थित पार्किङका बारेमा विद्यालयकी प्रधानाध्यपक शारदा पाण्डे भन्नुहुन्छ-‘अत्यधिक गर्मी भएका कारण साथीहरुले त्यहाँ छेउमा राख्ने गर्नु भएको थियो, अव हामी हटाउछौ।’
सो विद्यालयमा अधिकांश ज्याला मजदुरी गरी जिविको पार्जन गर्दै आएका स्थानिय अभिभावकका छोराछोरी पढ्ने गर्दछन् ।
ADVERTISEMENT