उर्लाबारी, जेठ १३ । नेपाली कांग्रेस कोशी प्रदेश सहमहान्त्री खड्ग फागोले जनअपेक्षाको सम्वोधन गर्न कांग्रेसमा विकल्प खोज्नुपर्ने बताउनु भएको छ ।
व्यावस्था परिवर्तनका लागि नेपालमा पटक-पटक भएका राजनैतिक घआन्दोलनहरुले केही आंशिक उपलव्धी दिए पनि जनअपेक्षा अनुसारको उपलव्धी हासिल गर्न नसक्दा पुराना राजनैतिक पार्टी प्रति वितृष्णा उत्पन्न भएको फागोले सम्वोधनका क्रममा बताउनुभयो ।
पछिल्लो समय बैकल्पीक राजनैतिक आशको केन्द्रका रुपमा भनि चर्चा गरिदै आएको राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्धहुनेहरुमा कांग्रेस भित्र विभिन्न कारण असन्तुष्टी भएकाहरु बैकल्पीक राजनैतिक पार्टी भन्दै रास्वपा प्रवेश भनेर प्रचारबाजी गरी पार्टी परित्याग गर्नेहरु प्रति ईकित गर्दै फागोले भन्नुभयो-जनअपेक्षाको सम्वोधन गर्न सक्षम र सवल युवाहरुले कांग्रेसको विकल्प हैन, कांग्रेसमा विकल्प खोज्नुपर्छ।’
राजनैतिक यात्राको क्रममा बिभिन्न समयमा उदायका राजनैतिक शक्तिहरुको बर्तमान अवस्थालाई हेरेर युवाहरुले अवस्था परिवर्तनका लागि सहि निणर्य लिन सके मात्र जनअपेक्षा पुरा हुने र देशले निकास पाउने प्रमुख अथिती फागोले बताउनुभयो ।
नेविसंघ उर्लाबारी नगर समिती र नेविसंघ उर्लाबारी क्याम्पस ईकाई समितको आयोजनामा भएको सो कार्यक्रमले नेविसंघ नगर सभापति र सचिव समेत चयन गरेको छ । नेविसंघ नगरसभापतिमा अर्विन घिमिरे र सचिवमा कृतिका कार्की चयन भएका छन् ।
कार्यक्रम नेविसंघ उर्लाबारी निवर्तमान सभापति एवम बर्तमान उर्लाबारी बहुमुखी क्याम्पस स्ववियु सभापति विबेक कार्कीको सभापतित्वमा सम्पन्न् भएको थियो ।
ADVERTISEMENT